नेकपा पाल्पाको अभियानमा विद्यार्थी, महिला, युवा, बुद्धिजीवी र दलित सङ्गठित

नेकपा पाल्पाको अभियानमा विद्यार्थी, महिला, युवा, बुद्धिजीवी र दलित सङ्गठित

पाल्पा : राजनीतिक, वैचारिक तथा साङ्गठनिक अभियानमा होमिएको नेकपा पाल्पाले जिल्लाका विभिन्न क्षेत्रमा विद्यार्थी, महिला, युवा, बुद्धिजीवी, दलितलगायत समुदायलाई सङ्गठित गरेको छ ।

यसैक्रममा अखिल (क्रान्तिकारी) र दलित मुक्ति मोर्चा पाल्पाले सम्झना विकको बलात्कार र हत्याकाण्डको विरोध गर्दै राष्ट्रघाती एमसीसी, लकडाउनको बेला शुल्क असुलीलगायत सरकारी ज्यादतीको विरोधमा प्रदर्शन गरेका छन् ।

अभियानको सिलसिलामा नेकपा पाल्पाले जनपरिषद्, युवा, विद्यार्थी, दलित र महिला सङ्गठनका जिल्ला समितिको बैठक पनि सम्पन्न गरेको छ । साथै शिक्षक, बुद्धिजीवी र जनतासँग व्यापक अन्तरक्रिया र छलफल गरेको छ ।

अभियानका क्रममा आयोजित कार्यक्रमहरूमा नेकपा पाल्पाका जिल्ला इन्चार्ज प्रवीण, जनपरिषद् प्रमुख मीनबहादुर आले, अखिल (क्रान्तिकारी) पाल्पा र दलित मुक्ति मोर्चाका जिल्ला सदस्य विकास विकले सम्बोधन गरेका छन् । उक्त अवसरमा वक्ताहरूले विद्यमान दलाल पुँजीवादी सत्ता र सामाजिक फासवादी सरकारका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका लागि नेकपामा लामबद्ध भएर एकीकृत जनक्रान्ति सफल पार्न लागिपर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :