अभिलासलाई सर्वोच्चसामु उपस्थित गराऊ : सर्वोच्च अदालत

अभिलासलाई सर्वोच्चसामु उपस्थित गराऊ : सर्वोच्च अदालत

काठमाडौँ : पार्टी परित्याग गरी सरकारी नेकपा आत्मसमर्पण गराउने प्रहरीको दबाब झेलिरहेका कुलदीप थापामगर ‘अभिलास’ लाई थुनामा राख्नुका आधार, अभियोग र बन्दीसहित लिखित कारण लिएर उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

नेकपा रामेछापका पूर्वसेक्रेटरी अभिलासलाई जिल्ला अदालतले रिहागर्न आदेश दिए पनि अपहरणशैलीमा गिरफ्तार गरी प्रहरीले सिन्धुली, काभ्रे हुँदै सिन्धुली पुर्याएको थियो । काभ्रे पुर्याएर उनलाई नेकपा परित्याग गरी सरकारी नेकपामा आत्मसमर्पण गर्न प्रहरीले मानसिक यातना दिएको परिवारका सदस्यहरूले बताएका छन् ।

हाल सिन्धुली जिल्ला प्रहरीको हिरासतमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका रामेछापका पूर्वजिल्ला सेक्रेटरी अभिलासलाई सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले मङ्गलबार गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, सिन्धुली प्रहरी कार्यालयका नाममा उक्त आदेश दिएको हो ।

अभिलासलाई बिनाकारण गिरफ्तार गरी गैरकानुनी रूपमा थुनामा राखिराखेको जनाउँदै तत्काल रिहाइको मागसहित उनका तर्फबाट लीलामाया थापामगरले गएको भदौ १८ गत बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :