केसीको समर्थनमा प्रदर्शन गर्नेहरू गिरफ्तार

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

केसीको समर्थनमा प्रदर्शन गर्नेहरू गिरफ्तार

काठमाडौँ : शिक्षा सुधारलगायत माग राख्दै दुई साताअघि जुम्लाबाट १९ औँ आमरण अनशन सुरु गरेका वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताइएको छ । डा. केसीका मागहरूको समर्थन र उनको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै गर्दा उनका समर्थक र शुभेच्छुकहरूलाई केपी वली सरकारले गिरफ्तार गरेको छ ।

केसीका समर्थकहरूले केसीका माग पूरा गर्न दबाब दिने उद्देश्यले शनिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन सुरु गर्नासाथ प्रहरीले प्लेकार्ड, ब्यानरसहित समर्थकलाई भ्यानमा कोचेको हो । प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी वलीका विरुद्ध नाराबाजी गर्न भने भ्याएका थिए । समर्थकहरूले डा. केसीको समर्थनमा पनि नारा लगाएका थिए ।

डा. केसीलाई सरकारले अनशनरत जुम्लाबाट जबर्जस्ती काठमाडौँ ल्याएको छ तर केसीले आफ्ना माग र अनशन जारी राखेका छन् । केसीले आफू माग पूरा गराउन प्रतिबद्ध रहेको र अनशनस्थलमै मर्नुपरे त्यसका लागि पनि तयार रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :