गुटबन्दीले चुनाव हारियो – प्रचण्ड

prachanda-1काठमाडौं / साउन ३ : पहिलो र दोस्रो निर्वाचन परिणामबाट निराश भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार राजधानीमा शुरु भएको सचिवालय बैठकमा गुटबन्दीका कारण चुनाव हारिएको स्विकार गरेका छन् । प्रचण्डले गुटबन्दी गरेको, पार्टीमा जनपक्षधरता कमजोर भएर गएको, नेताहरु स्वार्थी भएको गुनासो गरे । तर दोष तल थोपर्ने दाहालको घुर्कीलाई अधिकांश कार्यकर्ताले रुचाएका छैनन् । प्रचण्डले कार्यशैलीमा केन्द्रीत भएर धारणा राखेपनि समस्या कांग्रेससँगको साँठगाँठ र राष्ट्रघाती कदममा निहित छ । माओवादी केन्द्रमा गुटबन्दी यतिसम्म मौलाएको छकी पहिलो चरणको निर्वाचन अवधीभर चितवनमा रहेका रामबहादुर थापा ‘बादल’ एक पटक पनि रेनु दाहालको चुनावी सभामा गएनन् । नत आन्तरिक छलफलमै सहभागी भए । बैठकमा प्रचण्डले माओवादीको एजेण्डा पूरा भएको दाबी गरेका छन् । तर त्यो सत्य होइन । उनी कांग्रेस–एमालेको एजेण्डामा हिडिरहेका छन् । किनकी माओवादी एजेण्डा नयाँ जनवाद, समाजवाद, जमिन जोत्नेको तथा साम्राज्यवाद विरोधी क्रान्ति थियो । तर ती एउटै पनि पूरा भएका छैनन् । यही झुठ यात्रा जारी राखेर गरिने प्रचण्डयात्रा ‘‘टाउको दुःखेको औषधी नाइटोमा’’ बाहेक अरु केही हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :