११ वर्षीया बालिका गर्भवती भएपछि गरियो गाउँ निकाला / पीडितको विजोग

Rape

काठमाडौं / साउन ३ : भोजपुर, अरुण गापा–५, थाकुकी ११ बर्षीया बालिका साधाना श्रेष्ठ (नाम परिवर्तन) गर्भवती भएपछि स्थानीय जनताले गाउँ निकाला गरेका छन् । छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि पीडित गर्भवती भएकी थिइन् । साधनाका बुवा नेवार र आमा दलित समुदायको भएको भन्दै केटा पक्षले दलितको छोरी नभित्त्र्याउने भम्की दिनुका साथै पीडित बालिकालाई नै गाउँ निकाला गरेका हुन् । गाउँ निकालापछि धरान झरेकी बालिकाको बिचल्ली भएको छ । पीडितलाई २०७३ पौष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध रोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :