पुरुषको निगाहमा महिला – यादव

दुइ मुलतत्वहरुद्वारा बनेको छ

Rajendra_Yadavराजेन्द्र यादव
एक पटक जरशुत्रले एकजना बुढीसँग सोध्छन् “नारीको विषयमा सत्य के हो भन ?” उनी भन्छिन् “कतिपय यस्ता सत्यहरु हुन्छन् जसको विषयमा नबोल्नु नै उचित हुन्छ । हो, यदि तिमी कुनै नारीसमक्ष जाँदैछौ भने आफ्नो कोर्श साथमा लैजान नभुल्नु ।” – नित्शे

हजारौं वर्षदेखि महिलासँग पुरुषहरुको व्यवहार र संस्कारको शब्दसार त्यही हो । चाहे जोसुकै किन नहोस् पुरुषले नारीका विषयमा सोच्ने तरिकाको सार त्यहाँ उल्लेख भएको छ । हाम्रो परम्परागत संस्कारअनुसार महिलालाई दुई भागमा बाँडिएको छ । कम्मरदेखि माथीकी नारी र कम्मरदेखि तलकी आइमाइका रुपमा विभाजित गरिएको छ । हामी पुरुषलाई समग्रमा हेर्छौ । उसका सिमा र कमजोरीसहित मूल्याङ्कन गर्छौँ । नारीलाई समग्रतामा हेरिन्न । कम्मरभन्दा माथीकी नारी महिमामयी, करुणामयी, सुन्दरी र शिलकी देवी हो । ऊ कविता हो, संगीत हो, निराकार र देवीशक्ति हो । कम्मरभन्दा तलकी नारी कामुक हुन्छे, निच र अश्लिल हुन्छे, विध्वंशक हुन्छे, राक्षसी र समग्रमा भन्दा नरक हो । त्यसरी नारीलाई विभाजित गरेर हामी उसको शरिरको तलदेखि माथि बिचरण गरिरहेका हुन्छौं । उसको मातृत्वको शारिरिक पक्षको होइन वात्सल्यको गरिमा गइरहेका हुन्छौं । हामीलाई नारीले भन्दा नारीविचारले सम्मोहित गरिरहेका हुन्छन् । हामी आफैले निर्माण गरेको ‘आदर्श नारी’ विश्वअनुसार नारीलाई ढाल्ने प्रयत्न गरिरहेका हुन्छौं । हाम्रो दृष्टिकोणलाई नै हामी मिथकका रुपमा नारीको संस्कार र संसार बनाउने प्रयास गरिरहन्छौं । बंगाली भाषाका सम्पूर्ण कथा साहित्य नारीको मातृत्व भावना ब्यक्त भएको छ ।

नारीप्रतिको हाम्रो सम्पूर्ण धारणा मूलतः दुइ मुलतत्वहरुद्वारा बनेको छ । भय र घृणा ९ँभबच बलम ऋयलतझउत० उसको नजिकमा नरहीकन कुनै उपाय नै छैन तर त्यो यस्तो डरलाग्दो जनावर हो जो कुनै पनि क्षण भयानक बन्न सक्छ । हामी उसको क्षमता र शक्तिप्रति यति भ्रमित छौं कि भयावह हुनासाथ उसले हामीलाई निल्न सक्छ र घरपालुवा हुनासाथ हामीलाई अँगालोमा बाँध्न सक्छ । उसले आफ्नो आक्रमकता र समर्पण दुवै रुपमा हाम्रो ब्यक्तित्व समाप्त गरिदिन्छ । नारी प्रकृति हो, जीवनलाई निरन्तरता दिने माध्यम हो, आमा हो । त्यसैले उसले आफ्नो सौदर्य र यौवनद्वारा हामीलाई सम्मोहित गरेर प्रजनन र संरक्षण दुवै क्षेत्रमा हामीलाई प्रयोग गर्दछौँ । हामीलाई प्रयोग गर्दछौं । ऊ अजम्बरी बेलवृक्ष जसरी हामीमाथि छाउँछे । हाम्रो सम्पूर्ण रस, शक्ति र सत्यहरण गर्छौं । हामीलाई निरर्थक बनाउँछे । परनिर्भर र कमजोर भएको भ्रम श्रृजना गरेर उसले हामीलाई बाँध्छे । हाम्रै बीचमा र साथमा रहेर उसले हामीलाई माकुराले झैँ बेरेर मार्दछे । “प्रेममा पनि पराक्रम हुनु पर्दछ । जसबाट तिमीभित्र वाफ उम्लन्छ, उसलाई त्यस्तो प्रेमबाट तिमी जित्न सक्छौ” नित्शेले भनेका थिए । (भयरहित प्रेम हुँदैन)

जब तपाई नारीको साथमा हुनुहुन्छ तपाई उसैलाई केन्द्रमा राखेर कविता रचना गर्नुहुन्छ, गीत लेख्नुहुन्छ, कला श्रृजना हुन्छ र जब उसबाट अलग हुनुहुन्छ दर्शनशास्त्र र धर्मको निर्माण गर्नुहुन्छ । अथवा त्यसबाट बच्नुहुन्छ । भए चाकरमय प्रशास्ती र स्तुतिमा व्यक्त हुन्छ । घृणा दार्शनिक र धार्मिक स्खलनमा व्यक्त हुनसक्छ । नारी निन्द्राका श्रोतहरुमा उसको शारिरिक सौन्दर्यले हामीलाई मुग्ध चमात्कृत र स्तव्ध गर्दछ । तर भित्री (शारिरिक र मानसिक) बनावटले हामीलाई आफुबाट यत्ति पृथक र जटिल लाग्दछ कि त्यसले तनावमा पार्दछ । ऊ हामीलाई रहस्य, बुझिनसक्नु र जञ्जालमय लाग्दछ । त्यही स्थानमा पुगेपछि हामी नारीसँग त्रसित र विरक्तीभाव प्रकट गर्दछौं । कहिले सरस्वती बनेर त कहिले दुर्गा बनेर हाम्रो सामु आउँछे । ऊ जगतजननी र संहारकर्ता एकसाथ हुन्छे । उही भैरवी र पराशक्ति पनि एकसाथ बन्छे ।

सम्पूर्ण साहित्यिक र सांस्कृतिक गरिमामय शब्दजालको माध्यमले पुरुषले आइमाईको एक चिजको हत्या गरे, दबाए र पाल्तु बनाए त्यो हो उसको वैक्तिक स्वतन्त्रता । पुरुष सधै नारी स्वतन्त्र सत्ताबाट भयभित हुँदै आएको छ । त्यसले पुरुषले सधै नारीमाथिको आक्रमणलाई केन्द्रमा राख्दै आएको छ । आफ्नो अखण्डता र सम्पूर्णतामा नारी अभेद्ध र अमर छ । त्यहाँ ऊ त्यस्तो स्वतन्त्र र स्वच्छन्द शक्ति बनेलु शक्ति हो । त्यसैले पुरुषले उसलाई विभाजित गरेको छ । फुटाएर नै कसैलाई कमजोर र कमारो बनाउन सम्भव छ । पुरुषले हजारौं वर्षदेखि लगातार हरतरहले उसलाई परतन्त्र र निस्किृय बनाउन कोशिस गर्दै आएको छ । त्यसैले बोउसा भनिन्छ, “आइमाई जन्मिदैनन्, जन्मेपछि बनाइन्छन् ।”

पुरुषहरुले ठान्ने गर्छन् कि आइमाई शरिर हो, यौन हो त्यहीबाट उसको स्वतन्त्रताको चेतना र स्वच्छन्द व्यवहार जन्मन्छ । त्यसैले उसले नारीको यौनलाई नियन्त्रित गर्न चाहन्छ । सामाजिक संस्कार, मनु र यज्ञवल्क्य स्मृतिहरुदेखि लिएर व्यक्तिगत काम सुत्रसम्म नारीलाई बन्धनमा पार्ने र पराजित गर्न श्रृजना गरिएका युद्धकलाबाहेक अरु केही होइनन् । आकस्मिक रुपमा नभएर अनगिन्ति वंशी नारीलाई पुरुषको नियन्त्रणमा सिमित गरिएको छ । आइमाईको कामशक्ति बढाउने कुनै आर्युविज्ञान छैन, कुनै कामसुत्र छैन । त्यो कुरा नारीबाट गोपनीय राखिन्छ । ती सारा सुत्र र औषधी पुरुषका लागि हुन्छन् । नारीले त थाहासम्म पाउनु वर्जित गरिएको छ । सायद नारीमा कम शक्ति पुरुषको भन्दा आठ गुना बढी रहेको हुन्छ भन्ने मान्यता चलिआएको छ । नारी आफै यौन हो । त्यसैले उसलाई जतिसक्यो नियन्त्रण गर्नुपर्दछ र त्यसपछि दमन गर्नुपर्दछ । पुरुषले नारीलाई भौतिक शरिरबाहेक अरु स्विकार गर्दैन । नारी पुरुषका लागि सुमुखी, पयोधरा, श्रीणकटी, बिल्वस्तनी, सुभना, भगवती हो । पुरुष पनि वृषभस्कन्ध, बलवान, बज्रवक्ष र वैर्यवान हो तर ऊ त्यतिमात्र होइन । ‘कष्ट’ भनेर सम्बोधन गरेका थिए । पन्त भन्छन् “योनी मात्र रहेकी मानवी” स्त्री देह उसको परिचय र गाली दुवै हो । जबसम्म नारी पुरुषको खटनपटनमा हुन्छे ऊ सौन्दर्यकी खानी हुन्छे । जब ऊ पुरुषको नियन्त्रण बाहिर हुन्छे आलोचित हुन्छे, दण्डित हुन्छे । हाम्रो भाषाका सम्पूर्ण गालीहरु या पुरुषका असक्षमतामा केन्द्रित छन् या त यौन स्वच्छन्द नारीको आफ्नो शरिर कथित दुरुपयोगप्रति लक्षित छन् पिता, दाजुभाई, छोरोसँग यौन सम्पर्क नारीलाई गरिने सबैभन्दा ठूला गालीहरु हुन । पुरुषले नारी शरिरलाई यौनबाहेक अरु केही देख्दैन । तर जब नारी पुरुषले भनेकै जस्तो गर्छे तब पुरुष बौलाउन थाल्छ । यहाँ पुरुष विचारमा भयानक विरोधाभास देखिन्छ पुरुष भन्छ महिला केवल शरिर हो तर मैले जति चाहन्छु त्यति मात्र । त्यसभन्दा बढी मान्नु उच्छृङ्खलता र अमर्यादा हो । कंकाल उपन्यासमा लेखक प्रसादले स्विकार गरेका छन् “पुरुष नारीलाई त्यतिमात्र शिक्षा दिन्छ, जति शिक्षा दिंदा उसको स्वार्थमा बाधक नहोस् ।”

लोग्ने, मालिक र अभिभावकसम्म आफ्नो मन र शरिर सिमित नराख्ने नारी नै साहित्य र समाजमा बद्नाम र बहिस्कृत गरिएका हुन्छन् । शारिरिक आवश्यकताका कारण उसभित्र एउटा स्वतन्त्र इच्छाशक्ति पैदा भयो भने ऊ कुलङ्घार, रन्डी, पतित, बाइफाले आदि नामबाट दण्डित हुन्छे । त्यसप्रकारको स्वतन्त्रताको उपभोग उसका लागि मृत्युदण्डसरह हुन जान्छ । उनीहरुले घोषित अघोषित दण्डलाई स्विकार गर्दै आएका छन् । त्यो दण्ड स्वीकार नगर्ने नारी भयानक दुष्ट मानिई । पुराना राजघरानाहरुको जालसाँजी, षड्यन्त्र र हलचलमा कुनै न कुनै कुदनी, वेश्या अथवा त्यस्तो आरोप लगाइएका नारीहरु संलग्न हुन्थे । उनीहरुले घर र गृहस्थीमा ठूलो भूमिका निर्वाह गरेका हुन्थे । हाम्रा सारा लोककथा, पुराना कथा, मिथक तिनै कुटनीहरु, नायिकाहरु, अपसराहरु र वेश्याहरुका कथाले गति र रङ्गिन भएका छन् । तर रानीहरु, राजकुमारीहरु भने लाचार, भुमिकाहीन छन् । उनीहरुले गरेर पात पनि हल्लिन्न । उनीहरुमा थोरै पनि स्वतन्त्र चेतना पैदा भएको हुन्थ्यो । उनीहरुले पुरुषको विचारको प्रतिकूल आफ्नो बाटो आफै बनाउँछन् । त्यो बाटोमा हिड्छन र मृत्युसँग खेल्छन् । उसले स्वतन्त्र निर्णय लिन सक्छ । खतरासँग खेल्ने दवावले मानसिक विकासमा बाध्यात्मक ढोका खोलिदिन्छ । सोच्नु र उपाय निकाल्नु बाध्यता बन्छ । यद्यपि समाजबाट पृथक रहेर सोच्ने समय ती नारीका लागि छोटो हुनसक्छ । शरिर र यौन सवल हुन्जेल मात्र त्यो सिमित हुनसक्छ । त्यसैले म भन्छु उनीहरु शरिरको बलले शरिरभन्दा माथि उठ्न सक्छन् । त्यसकारण उसको सम्पूर्ण चिन्ता बुढौलीमा जीवन के होला ? भन्ने चिन्ताले ग्रस्त हुन्छ । सुरक्षाको त्यहि चिन्ताले उसलाई चलाख, कुटिल र जटिल बनाइदिन्छ । आफ्ना सारा सम्पर्कहरु प्रयोग गर्ने अन्तरदृष्टि दिन्छ । उसलाई थाहा हुन्छ, समाजले त्यसप्रकारको स्वतन्त्रता स्विकार्ने छैन । उसले ढुकेर बसेको हुन्छ । जब शरिर, सुन्दरता र यौवन उसको लागि हतियार बन्न छोड्छन तब नारी निरीह र लाचार हुन पुग्छे । त्यसबेला समाजले उसको घाँटी निमोठ्छ । एक्ली, असहाय उसलाई कतै इच्छानमा फालिने छ । मृत्यु मात्र कुर्न कुनै फालिने छे । त्यसप्रकारको नियतीबाट बच्ने हो भने नारीहरुले समयमै दोस्रो बाटो समात्न आवश्यक छ । यहाँ त्यसका लागि सम्पत्ति र धर्म दुइवटा बाटाहरु छन् । किन कि पुरुषलाई ती दुइ पक्षले रक्षा गरिरहेको हुन्छ । यद्यपि त्यो बाटोमा पनि नारी गतिशील हुनुपर्छ अन्यथा दमन गरिन्छ । सामाजिक समाजमा अक्सर धनवान र सम्पन्न वेश्याहरु नै सामाजिक, सांस्कृतिक र राजनीतिक हलचलको केन्द्रमा रहेका हुन्थे । त्यसप्रकारका नारी नै रहस्यमय दैवि शक्तिहरुको श्रोत हुन्थे । बाँच्नका लागि उसले पुरुष समाजमा शक्तिको माध्यमले स्थान बनाउनु पर्छ ।

सम्भावित हो बुढो मान्छे दयनीय, निरीह र लाचार हुन्छ तर कुनै समय शक्तिशाली भएकी नारी पुरुषका लागि सधै भयमय हुन्छे । जादु, प्रेतात्मा र अध्यात्मक शक्तिसँग जोडेर हेरिन्छ । उसलाई सामान्य मान्छेभन्दा फरक ठानिन्छ ।
तेजस्वी, विद्धान, बेश्या हुन् वा कुटनी, जादुगर्नी बुढी, बच्चाको कलेजो खाने राक्षसनी आदि नामले पुकारिने नारीहरु ती सबै स्वतन्त्र नारीहरु तुलसीदास जस्ता विद्धान र मर्यादापालकहरुबाट समेत सधै प्रताडित भएका छन् । ‘पशुलाई डण्डा नदिए चल्दैन रस्तामहाँ त्यसै हो तिमीलाई डण्डा नलाए मानौली रत्तिभर कहाँ’ यस प्रकारको लठ्ठी सधै टाउकोमाथि ठड्याइएको हुन्छ । त्यत्ति हुँदाहुँदै पनि हरेक समयका गतिशील र स्वतन्त्र चेतना भएका नारीहरुले आफ्नो समयका कथाकारलाई आकर्षिक गरिरहेकै छन् । लोककथाहरुमा त्यसप्रकारका नारीहरुलाई खलनायकका रुपमा चित्रित गरिएको छ । जसलाई धर्मले मारेको छ, आगोमा पोलेको छ । उपन्यासकारहरुले त्यसप्रकारका घटनालाई मानवीयकरुणा र सहानुभूतिका दृष्टिले हेरेका छन् । अम्वपाली, शरत र मोपाँसा सबै उनीहरुको गौरवगाथाबाट आकर्षित भएका छन् । भारतमा १९औं शताब्दीको उत्तरार्धसम्म उनीहरुलाई नकारात्मक रुपमा चित्रण गरिएको छ । बौद्ध युगमा यद्यपि ‘सर्वजन हिताय, सर्वजन सुखाय’को नारा थियो । त्यो समयमा दलितको साथमा नारीहरुप्रति पनि सहानुभूति पैदा भएको थियो । बौद्ध युगमा बेश्या सम्मानित र प्रतिष्ठित नारी मानियो । उनीहरु साधारण रानी र राजकुमारी भन्दा कैयौं गुणा विद्धान र तिष्ण विवेकशिल मानिन्थे । त्यसबेलाको साहित्यमा पनि ती नारीहरु केन्द्रीय चरित्रका रुपमा देखिन्छन् । केवल ‘मृच्छकर्टिकम’मा अपवाद देखा पर्दछ । सामाजिक, न्यायिक बन्धनबाट घेरिएका ती नारीहरु सधै सुरक्षा चुनौति झेलिरहेका हुन्थे । न्याय र कानुनको घेराबाट बचेर अपराध गर्नेहरुको पनि त्यहि स्थिति हुन्थ्यो । तर ती भिन्न थिए । व्यवस्थित समाजका लागि ‘पाप र अपराध’ सधै चुनौति थिए । ह्युगो द्येस्तोयेब्स्की टाल्सदाय आदि मानवताावादीहरुले पापीसँग होइन, पापलाई घृणा गर भन्ने नारा लगाए । त्यसपछि समाजमा उत्पन्न हुने समाजिक कारणहरु खोज्न थालियो । निश्चल मानवको खोजी गर्न थालियो ।

यसपालको दिव्यको एक प्रसंग यहाँ सान्दर्भिक लाग्छ । दिव्य दासीको रुपमा दास बनेकी छ । मधुर शर्माले उसलाई दास व्यवसायी प्रतुलबाट किनेको हुन्छ । उसले उनलाई अर्का पुरोहित चक्रधरको धाइको रुपमा बेच्दछ । पुरोहित पत्नीको दुध नआएका कारण धाइको आवश्यकता परेको हुन्छ । यहिबाट दासीको धर्म र मातृत्वको संघर्ष सुरु हुन्छ । पण्डितको बच्चालाई दुध खुवाउँदा आफ्नो बच्चा भोकै हुन्छ, रोइकराई गरिरहन्छ र आफ्नो बच्चालाई दुध खुवाउँदा पण्डितको बच्चा भोकै हुन्छ । त्यसपछि उसले चोरी वेइमानी गर्न थाल्छे । ऊ प्रताडित हुन्छे । त्यसपछि पंडितकी पत्नीले दासी पुत्रलाई ठेगान लगाउने सोच्न थाल्छे । तर त्यो कुरा दासी दिव्यालाई थाहा हुन्छ । ऊ टन्टलापुर घाममा मध्यान्हमा बच्चा च्यापेर पण्डितको घरबाट घुस्छे । भोकी, तिर्खाएकी, लखतरान परेकी दिव्या शहर बाहिर एउटा बौद्ध बिहारमा पुग्छे । धेरै कोशिस गरेपछि मुलद्धार खुल्छ । भिच्छुहरुले अनेक सोधपुछ गरेपछि स्थविर समक्ष पुग्छे । त्यसपछि धरधरी रुँदै शरण माग्छे । स्थविरले फेरिपनि सोधपुछ गर्छन । ‘तैले आमाका रुपमा शरण मागेकी छस, माया मोहबाट मुक्त भएकी छैनस । त्यसैले शरण मिल्दैन’ स्थविर भन्छन् । ऊ भिच्छुनी बन्ने बाचा गर्छे । त्यसपछि स्थविर सोध्छन् ‘के तिम्रो पति, पिता, या पुत्रको आज्ञा छ ?’ त्यसपछि दासी बन्छे ‘पति छैन, पिताको देहान्त भइसकेको छ र पुत्र काखमा छ ।’ त्यसपछि स्थविरले शरण दिनु अस्विकार गर्दै भित्र जान लाग्छन् । तव त्यो रिरिया झाँक्रो फिजाउदै रुदै स्थविरको गोडा समातेर प्रथना गर्दै भन्छे ‘तथागतले त आम्पालीलाई शरण दिएका थिए र मलाई तपाई यसरी भोकै, तिर्खै, असुरक्षित छोड्दै हुनुहुन्छ ।’ स्थविर निर्विकार उत्तर दिन्छन् ‘बेश्स्या स्वतन्त्र नारी हो ।’

विडम्वना बेस्या बन्नु बाहेक नारी स्वतन्त्रकालागि यो समाजमा विकल्प छैन । तब मात्र ऊ स्वतन्त्रपूर्वक बाँच्नसक्छे अन्यथा पिता, पति, पुत्रको हातमा उसका गोहा सिक्रीले बाँधिएका हुन्छन् । उसको न कुनै स्वतन्त्र व्यक्तित्व हुन्छ न त नाम । आज पनि अधिकांश नारी नातेदारका नामबाट चिनिन्छन् । उसको आत्मचेतनाले हत्या वा आत्महत्याबाहेक अरु देख्दैन । हाम्रो समाजमा नारीको एकाधिकार कायम छ । आत्म स्वतन्त्रताका लागि उनीहरुले अन्तिम विकल्प आत्म हत्या देख्ने गर्छन । जीवनमा स्वतन्त्र नभएपछि उनीहर मृत्युको स्वतन्त्रता रोज्छन् । सायद त्यही मानसिकताका कारण नारीहरु आत्महत्या गर्छन् । तर पुरुसले नारीलाई आत्महत्या होइन सती जाने व्यवस्था गरेका छन् । मृत्युद्धारा स्वतन्त्र खोज्ने हक पनि खोसेका छन् ।
(लेखक अरविन्द जैनद्धारा लिखित पुस्तक ‘औरत होने की सजा’ को भूमिकाको केही अंश अनिल शर्माद्वारा अनुवाद गरी प्रकाशित गरिएको छ । नारी आन्दोलन र प्रगातिशिल विचार निर्माणको वहसकालागि उपयोगी ठानी प्रकाशित गरेका छौं । यसलाई अगामी अंकमा पनि निरन्तरता दिइने छ । –सं

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :