उद्दारमा चरम राजनीति / कांग्रेसी नेताले यस्तोसम्म गरे

heliकाठमाडौं / साउन २ : रामेछाप, लिखु गापा–६, खिम्तीमा शनिबार राति गएको बाढी पहिरोमा परि ५ जना बेपत्ता भएका मध्ये आइतबार २ जनाको शव भेटिएको छ भने अन्य ३ जना हराइरहेका छन् । घटनामा परि ७ जना घाइते भएका थिए । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरुको काठमाडौं, ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेको उद्दारको लागि आएको हेलिकप्टरमा पनि राजनीति भएको छ । घाइतेहरुलाई उद्दार गरी काठमाडौं लैजानको लागि आएको नेपाली सेनाको हेलिकप्टर खिम्ती आउन नसकेपछि नजिकै रहेको दोलखाको देवीटारमा उतारिएको थियो ।
आइतबार साँझ बसेको जिल्ला दैविकप्रकोप उद्दार समितिको बैठकले सो हेलिकप्टको खर्च लिखु गाउँपालिकाले व्यवस्थापन गर्ने निर्णय गरेको छ । तर सामाजिक सञ्जालमा कांग्रेस नेता कान्छाराम तामाङले आफ्नै खर्चमा हेलिकप्टरलाई घाइतेहरुको उद्दार गराएको भन्दै विपद्को घटनालाई निकृष्ट राजनीतिकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :