कतारमाथी अर्को घेराबन्दी

Qatarकाठमाडौं / साउन २ :  साउदी अरबसहित ६ वटा खाडी मुलुकहरुले फिफालाई पत्र लेख्दै ‘आतंकवादको आधारभूमि’ कतारमा हुने भनिएको विश्वकप २०२२ त्यहाँ नगर्न अनुरोध गर्दै पत्राचार गरेका छन् । फिफा अदालत ‘आर्टिकल ८५’ अनुसार आपतकालीन परिस्थितिमा फिफाले त्यसप्रकारको कदम चाल्न सक्छ । इरानसँग निकट सम्बन्ध कायम गरेको , आतंकवादलाई सहयोग गरेको र अलजजिरामार्फत आतंकवादलाई प्रश्रय दिएको खाडीका अमेरिकी गठबन्धन देशहरुको आरोप छ । फुटबलको पृष्ठभूमी र पूर्वाधार नभएको कतारले कसरी विश्वकप आयोजना गर्ने बाजी मा¥यो ? भनेर बहसहरु उठ्ने गरिरहेको बेला खाडी देशहरुले अर्को बखेडा झिकेका छन् । यद्यपी फिफाले त्यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :