भेनेजुयलामा हत्या

भेनेजुयला

बिबिसी / लण्डन, साउन २ : जुलाई ३० मा हुन गइरहेको जनमत संग्रहकोे पूर्वसन्ध्यामा भएको सांकेतिक जनमत संग्रहको दिन आइतबार भएको हिंसामा १ जनाको मृत्यु भएको छ । भेनेजुयलाकोे कराकसस्थित विपन्न वस्तीमा अज्ञात बन्दुकधारीले चलाएको गोलीले एक जनाको मृत्यु भएकोे हो । विपक्षीहरुले सरकारी दलालले सो हत्याकाण्ड मच्चाएको आरोप लगाएका छन् । ह्युगो चवेजकालिन प्रगतिशील संविधान उल्टाउने प्रयोजनका लागि सरकारले भेनेजुयलामा जनमत संग्रह गराउँदै छ । जसका कारण त्यहाँ हरेक दिन भीडन्त, प्रर्दशन र हत्याका श्रृङ्खला जारी छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :