काठमाडौं पछि पोखरा ‘नो हर्न जोन’

नो हर्न जोनकाठमाडौं / साउन २ : काठमाडौं महानगरपालिकालाई ‘दबावमूलक अवाज (प्रेसर हर्न) मुक्त क्षेत्र घोषणा गरेको लगत्तै पर्यटकीय नगरी पोखरालाई पनि ‘नो हर्न जोन’ घोषणा गरिएको छ । आइतबारदेखी पोखरा (लेखनाथ महानगरपालिका) लाई ट्राफिक प्रहरीले कार्यान्वयनमा ल्याएको हो । मेयर मानबहादुर जोशीले सो घोषणा गरेका हुन । महानगरले कार्यक्रम सफलताका लागि प्रचार अभियान चलाइरहेके छ । पहिलो हप्ता नियम उल्लंघन गर्नेलाई सम्झाई–बुझाई गर्ने र दोस्रो सातादेखी कानुनी कारबाही गर्ने प्रहरी निरिक्षक विश्वराज अधिकारीले बताएका छन् । पैदल यात्रुलाई चकलेट वितरण गर्दै जेब्रा क्रसिङ्गबाट हिड्न प्रेरित गरिनेछ । जब कि काठमाडौंमा जथाभावी बाटो काट्ने पैदलयात्रुलाई शुरुमै जरिवाना गर्दा ट्राफिक प्रहरी आलोचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :