जनगणतान्त्रिक सम्पर्क मञ्चको धादिङ–काठमाडौँ भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको धादिङ–काठमाडौँ भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिअन्तर्गत धादिङ–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले प्रतीकको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी चयन गरेको छ । मञ्चको उपाध्यक्षमा हरमेस गुरुङ, सचिव असीम गुरुङ, सहसचिव बादल गुरुङ, कोषाध्यक्ष क्षितिज गुरुङ, सदस्यहरूमा आकाश गुरुङ, रक्षा गुरुङ, दर्शन लोप्साङ, विनोद बानियाँ, सुनिता श्रेष्ठ, रोशन गुरुङ, सत्य गुरुङ, मिसन श्रेष्ठ, रचना थापा र अग्नि अधिकारी रहेका छन् ।

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका केन्द्रीय अध्यक्ष कमानसिंहको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधान अतिथिका रुपा सहभागी थिए । प्रतीकको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंहले जिल्ला पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

यसअघि जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिअन्तर्गत सिराहा–काठमाडौँ जिल्लाको भेला सम्पन्न भएको थियो । उक्त भेलाले अविरल थापाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो । सदस्यहरूमा मीना थापामगर, सन्तोष राई, भेषकुमार तामाङ र असिन शाह रहेका थिए ।

त्यस्तै मञ्चको दार्चुला–काठमाडौँको भेला पनि सम्पन्न भएको थियो । भेलाले प्रेम नेपालीको संयोजकत्वमा १५ सदस्यीय सम्पर्क समिति गठन गरेको छ । समितिका सदस्यहरू मीरा धामी, कुमार विक, विकास ठगुन्ना, विपीन नेपाली, रामकुमार धामी, सुदीप विक र हरि ठगुन्ना चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :