नेपालमा आज १,५३९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३७९ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,५३९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८ हजार ३२७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३७९ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ६८ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ४१ हजार ७०६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :