अखिल (क्रान्तिकारी)द्वारा सुनसरीमा रक्तदान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मेची–कोसी क्षेत्रीय समन्वय समितिअन्तर्गत सुनसरी जिल्ला समितिले कोरोना भाइरस सङ्क्रमणका कारण देशैभरि रगत अभाव भएको भन्दै रक्तदान कर्यक्रम गरेको छ । रगतको भेलबाट जन्मिएको सङ्गठन अहिले पनि रगतको नाता अटुट छ भन्दै अखिल क्रान्तिकरीले सुरु गरेको रक्तदान कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाका विद्यार्थी र धरानका जनताले रक्तदान गरेका हुन् ।

सुनसरी जिल्ला समितिको आयोजनामा गरिएको उक्त कार्यक्रममा क्रान्तिकारीका २० भन्दा बढी कार्यकर्ताले रक्तदान गरेका छन् । यसअघि क्रान्तिकारीले देशका विभिन्न ठाउँमा अभियानकै रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । रगतको अभावमा कोही पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान गरिएको क्रान्तिकारीले जनाएको छ । अखिल (क्रान्तिकारी) ले देशभर निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्न अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :