रूपन्देहीमा आधारभूत जनपत्रकारिता तालिम

काठमाडौँ : जनबाटो मिडिया प्रालिले रूपन्देहीमा आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । आठ जिल्लाका प्रशिक्षार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा आमसञ्चार र सञ्चारमाध्यमको आवश्यकता, मिसन पत्रकारिताको महत्व, संवाददातामा हुनुपर्ने गुण, अनलाइन पत्रकारिता, रेडियो उद्घोषण, मिसन पत्रकारितामा रिपोर्टिङ कला, अन्तरवार्ताको महत्व, खोज पत्रकारिता, सम्पादकीय लेखन, फिचर लेखन, फोटो पत्रकारिता र जनपक्षीय पत्रकारितामा केन्द्रित रही तालिम तथा प्रशिक्षण दिइएको रूपन्देहीबाट प्राप्त समाचारमा जनाइएको छ ।

१५ जना प्रशिक्षार्थीको सहभागिता रहेको तालिममा खोमा तरामु मगर र अनिल नेपालीले प्रशिक्षण दिएको पनि समाचारमा जनाइएको छ । कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट अनुभूतिजन्य मन्तव्य राख्दै प्रशिक्षार्थी इन्दु वली र सागर विकले तालिममा प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूले पत्रकारिताको तालिमले नयाँ उत्साह पैदा गरेको भन्दै श्रमजीवी वर्गका पक्षमा कलम चलाउने बताए । खोमाको अध्यक्षता र अनिलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :