अखिल (क्रान्तिकारी) द्वारा पहिरोपीडितहरूलाई राहत वितरण

सल्यान : अखिल (क्रान्तिकारी) सल्यानले छत्रेश्वरी गापा १ चामेका पहिरोपीडितहरूलाई राहत वितरण गरेको छ । क्रान्तिकारीले कार्यक्रम आयोजना गरी पहिरोपीडित १४ घरपरिवारलाई ३५ हजार रुपैयाँबराबरको खाद्य सामग्री चामल, दाल, तेल, नुन र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको समाचारमा जनाइएको छ ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) सल्यानका पूर्वअध्यक्ष टङ्कप्रकाश केसी, जिल्ला अध्यक्ष गणेश क्षेत्री ‘प्रभाकर’, कोषाध्यक्ष प्रभात क्षेत्री, नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य टोप, एरिया सदस्यहरू सुवास, निर्मल, रमेश, सुनिललगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :