सिन्धुपाल्चोक केन्द्र बनाएर फेरि गयो ६ रेक्टरको भूकम्प

काठमाडौँ : सिन्धुपाल्चोक जिल्लाको राम्चे किन्द्रबिन्दु भएको ६ रेक्टर स्केलको भूकम्प बुधबार बिहान आएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौँ उपत्यकासहित दोलखा, रामेछापलगायत जिल्लामा महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भने सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर भूकम्प आएको ६ बजेपछि सार्वजनिक गरेको छ । सिन्धुपाल्चोक प्रहरीले जिल्लामा कुनै क्षतिको विवरण नआएको सञ्चारमाध्यमलाई बताए पनि पहिरोको उच्च जोखिम रहेको क्षेत्र बढी प्रभावित भएको अनुमान गरिएको छ । यो भूकम्प हो वा २०७२ साल वैशाखको भूकम्पको परकम्प हो भन्ने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :