नेकपा बाँकेद्वारा शाहीप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बाँकेले दैलेखी कम्युनिस्ट आन्दोलन र जनयुद्धमा महत्वपूर्ण योगदान पु¥याएका रामबहादुर शाहीको निधन भएको जानकारीसहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपाका बाँके जिल्ला सेक्रेटरी सुशील सिंहले शुक्रबार शोक वक्तव्य जारी गर्दै हाल बाँकेको कोहलपुरमा बस्दै आएका शाहीको साउन १८ गते ६३ वर्षको उमेरमा निधन भएको जनाएका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :