एकैपटक १,३५४ जना कोरोना सङ्क्रमणमुक्त, काठमाडौँ उपत्यकामा भने ४५४ जना सङ्क्रमित

 

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा एकैपटक १,३५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म एकैपटक धेरै कोरोना सङ्क्रमित निको भएको यो पहिलो घटना हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या २५ हजार ५६१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ४५४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् जसअनुसार काठमाडौँंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४४ हजार २२६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :