आज कोरोनाबाट १,३५९ जना सङ्क्रमित, १४ जनाको मृत्यु

 

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,३५९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३८६ ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४४ हजार २३६ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :