कोरियाद्वारा आणविक परीक्षण

kim-jongएजेन्सी

उत्तर कोरियाले पाचौं पटक शुक्रबार आणविक परीक्षण गरेको खुलेको छ । सो परीक्षणका कारण ५.३ म्याग्नेच्यूट कृत्रिम मापन भएपछि सो भेद खुलेको हो । दक्षिणका जासुसी संश्थाहरुले यस अघिनै उत्तर कोरियाले अर्काे परीक्षणको तयार गरिरहेको बताएको थियो । उत्तर कोरियाको राष्ट्रिय दिवशको अवसर पारेर उत्तरले सो शक्तिशाली परीक्षण गरेको हो ।

सो घटनाबाट जापान, दक्षिण कोरिया, अमेरिका लगायतका देशहरु आक्रोशित भएका छन् । चीन र एसियाले भने नरम प्रतिक्रिया दिँदै उत्तेजक हर्कत नगर्न भनेका छन् । अमेरिकाले मध्यपूर्वमा इजरायललाई प्रयोग गरेझैं चीन र एसियाले पूर्वि एशियामा उत्तर कोरियालाई हेरेको धेरैको बुझाई छ । उत्तर कोरियाको आणविक शक्ति विकासबाट साम्राज्यवाद विरोधी शक्तिहरु भने उत्साहित भएका छन् ।

अमेरिकाले आणविक विस्तार गर्न पाउने, कोरियाले किन नपाउने ? यो प्रश्न विश्वभरी उठिरहेको छ । सन् २००६ मा पहिलो पटक आणविक शक्ति परीक्षण गरेको कोरियाको यो पाचौं परीक्षण हो । संयुक्त राष्ट्र संघले लगाएको नाकावन्दीलाई चीन र एसियाले कटाई नगरेको कारण समस्या भएको अमेरिकी गठबन्धनको आरोप छ ।

कोरियाले २० किलो टन विष्फोटक पदार्थ प्रयोग गरिएको अनुमान गरेको छ । जब की अमेरिकाले सन् १९४५ मा जापानमा १५ किलोटन विष्फोटक पदार्थ प्रयोग गरेको थियो । कोरिया संकटलाई लिएर सुरक्षा परिषद्को बैठक बस्दैछ । उत्तर कोरियाले भने आफूलाई आत्मरक्षाको अधिकार भएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :