अक्षराङ्कन पद्धतिबारे हाम्रो नीति

gopal-khadka
 खड्का गोपाल 

वि.स. २०७१ देखि नेपालको विद्यालय शिक्षामा “अक्षराङ्कन पद्धति” कार्यान्वयन कार्यविधि हचुवाको तालमा, वितालमा, प्रशिक्षित नगरी, अनुमान नगरी, अक्षराङ्कन पद्धतिको मनोवैज्ञानिक अर्थ नबुझि उक्त योजना लागु गर्ने नेपालका शैक्षिकविदहरुले पुनः गम्भीर रुपले सोचनीयपूर्ण छ ।
नेपाल थुप्रै ग्रामीण इलाकाहरुको घेराभित्र भौगोलिक भु–बनावट, नदिनालाका हिसाबले अति दुर्गम र बिकट भएको सबैलाई सर्वविदितै छ । जहाँ शैक्षिक संरचनाहरु सुव्यवस्थापनहरु, र सुशासन अति कमजोर, दयनीय र विकरालपूर्ण छ ।

के शैक्षिक सरोकारवालाहरुले राजधानीको शैक्षिक संस्थाहरु, विद्यार्थीहरु र अन्तर्राष्ट्रियस्तरमा ग्रीकको एथेन्स राज्य, फ्रान्स, भारत, इटली आदि देशहरुका बारेमा मात्र पढ्ने ? त्यो भन्दा बाहिरका नेपालका पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी भू–भागमा थुप्रै ग्रामीण भेगमा अवस्थित विद्यालयहरुमा अध्ययनरत छात्र छात्राहरुको मूल्याङ्घन गर्न “अक्षराङ्कन पद्धति” नेपालमा निष्कृय, असक्षम मात्र होइन अर्थहीन पनि छ ।

शैक्षिक वातावरण, आर्थिक अवस्था कमजोर भएका विद्यालयका छाना नभएका विद्यालयमा अध्ययन गर्ने अझ ग्रामीण इलाकाहरुमा अयोग्य, असक्षम शिक्षक र प्रस्तावनाका नाममा स्थापित भएका कमजोर भौतिक संरचना भएका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीले स्तरकृत अङक (न्एब् ) ४.०, ३.६ वा ३.२ प्राप्त गरेर इन्जिनियर, डक्टर, साइन्स, अङ्ग्रेजी, गणित विषयहरुको अध्ययनको लागि कति हदसम्म सक्षम हुन्छ ? र सो भन्दा कम वा कुनै विषयमा कम (न्एब्) प्राप्त गरेका विद्यार्थीलाई अनुतिर्ण भएको संज्ञा दई ं२ अध्ययन गर्नको लागि निषेध गरिनु त्यो पनि व्यर्थ छ ।

यो कुरा कुनै पनि हालतमा सम्भव छैन । र न्यून न्एब् प्राप्त गर्ने विद्यार्थीलाई शैक्षिक सस्था ं२ निषेध गरिदिएपछि उसको मनोवैज्ञानिक संकट उत्पन्न भयो कि भएन ? उनीहरुको मानसिक विचलन हुने कि नहुने ? एक पटक कृपया तपाई शैक्षाविद्हरु, मनोवैज्ञानिकहरु, दार्शनिकहरु र जनसमुदायहरुले पनि यो कुरा मनन गर्नुपर्ने देखिन्छ । यस्ता कमजोर शैक्षिक वातावरण तथा पृष्ठभूमिबाट आएका कम अङक वा कम न्एब् प्राप्त गरेका यस्ता विद्यार्थीहरु यदि असल “शैक्षिक वातावरण” को अवसर पाए भने माथिल्लो तह (११ कक्षा) देखि उच्चतम न्एब् ४.०, ३.६, ३.२ सरह प्राप्त गर्न सक्छन् र डाक्टर, इन्जिनियर, समाजसेवीदेखि अन्तराष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार अवश्य पनि हुन्छन् ।

उता विगत अक्षराङ्कन पद्धति लागु गरी परिणाम प्रकाशन गर्दा अव विगतका जस्तो “अनुतिर्ण” भन्ने शब्द हटाइयो । यस मानेमा सबै उतिर्ण भएको मान्नुपर्छ, सबैले न्एब् अनुसार आ–आफ्नो अध्ययन पेशा व्यवसायहरु रोज्न सक्छन् । पुरक परीक्षा न्एब् बृद्धि गर्नका लागि उक्त पुरक परीक्षामा सहभागी भएपनि हुने वा नभएपनि हुने भनेर प्रचार गरियो फलतः उक्त पुरका परीक्षामा सहभागीहरु अधिराज्य भरिका पुरक परीक्षामा विरलै उपस्थिति देखियो ।

अहिले ं२ भर्ना गर्ने समय आयो यतिबेला फेरि शैक्षिक अन्यौलहरु, विचौलियाहरु र अनिर्णयीहरुले उक्त अक्षराङ्कन पद्धतिलाई अन्यौलपूर्ण रुपमा परिवर्तित गर्दै मुख्य विषयहरुका नाममा नेपाली, भ्लनष्किज, ःबतज, क्अष्भलअभ, क्यअष्ब िअनुतिर्ण भएको विद्यार्थीले ं२ पढ्न नपाउने रे । अब मनौवैज्ञानिक रुपमा उक्त पद्धति अनुसार “अनुतिर्ण” भन्ने शब्द हटाएपछि यि विषयहरुमा किन अनुतिर्ण वा विषय लागेको शब्द आयो ?

उता व्यवसायिक शिक्षामा सवैलाई खुला भएता पनि सबैको लागि पहुँच योग्य छैन । यदि व्यवसायिक शिक्षातर्फ जाने भए नेपालमा व्यवसायिक शिक्षण संस्थाहरुको अवस्था अनुगमन गरौँ । जस्तो दैलेखमा, हुम्लामा, जाजरकोटमा, ताप्लेजुङमा, दार्चुलामा, मुस्ताङ, रौतहटमा यस्तै थुप्रै ग्रामीण जिल्लाहरुमा व्यवसायिक तथा प्राविधिक शिक्षालयहरु कति र कसरी सबैको लागि पँहुच योग्य छन त ? तसर्थ यो पिछडा, महिला, मजदुर जनजाति आदि समस्त वर्गको लागि व्यवसायिक तथा प्राविधिक शिक्षा प्राप्त गर्न सम्भव छैन । कि त दलाल, नाफामुखिहरु र महंगीवालाहरुको स्वामित्वमा व्यवसायिक तथा प्राविधिक शिक्षालयहरु नखोली नेपाल राष्ट्रका नाममा उक्त शिक्षालयहरु सर्वसुलभ, दिगो र सबैका पहुँचका लागि खोलिनु प¥यो ।

त्यसैले अक्षराङ्कन पद्धति  जनवादी, वैज्ञानिक पहँुचयोग्य शिक्षाको भावना र मर्म विपरित योजना र नीतिका रुपमा अक्षराङ्कन पद्धतिको लज्जास्पद प्रदर्शन नेपालमा भइसकेको छ । यस वर्षमा उक्त पद्धति योजनाको फलस्वरुप हजारौ विद्यार्थीहरु अन्यौलपूर्ण अवस्थामा स्वनिर्णयको बन्दि भइरहेका छन् । जो गरिब, पिछडा, कमजोर शैक्षिक वातावरणबाट आएका विद्यार्थीहरुको भविश्यमा छायाँ पारिदिएको छ । हाम्रो देश नेपालमा अक्षराङ्कन पद्धतिको कुनै पनि अर्थ छैन किनभने नेपालको शैक्षिक तुलना विकसित मुलुक फ्रान्स, भारत, ईटाली, चीन आदि देशहरुको शैक्षिक पद्धतिसँग हुनै सक्दैन । नेपालमा यो अनुचित र हानिकारक छ । अब यो देशको असल शैक्षिक नेतृत्व वर्गहरुले नेपालको विचौलिय र अन्यौलपूर्ण अक्षराङ्कन पद्धतिको सही कार्यन्वयन, मर्यादापूर्ण तरिकाले गर्न वा खारेज गर्न नितान्त जरुरी भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :