विद्रोही मनहरु सार्वजनिकीकरण

bidrohi-manगजलकार नारायण नेपालद्वारा लिखित गजल संग्रह ‘विद्रोही मनहरु’ को शुक्रबार सार्वजनीकीकरण भएको छ । सो कार्यक्रमको आयोजना नुवाकोट काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले गरेको थियो । मञ्चका अध्यक्ष उद्धव पौडेलद्वारा समाध्यक्ष गरिएको थियो ।

राजु अधिकारीद्वारा उद्घोषण गरिएको सो कार्यक्रममा कृष्ण तामाङले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रमका अतिथिहरु अनिल शर्मा, मणी थापा, युग पाठक, निभा शाह, राजु कार्की, राम बहादुर विश्वकर्मा, माधव गौतम लगायतका अतिथिहरुले सामुहिक रुपमा लोकार्पण गरेका थिए ।

अतिथिहरुले कृतिमाथी आ–आफ्नो विवेचनात्मक मन्तव्य राखेका थिए । कार्यक्रममा गजलप्रेमी संगीता पनेरुले गजलवाचन गरेकी थिइन भने श्रष्टा नारायण नेपालले लेखन परिवेश र कृतिका विषयमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :