बागलुङमा पहिरोमा पुरिएकामध्ये १४ जनाको शव भेटियो

बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङमा बुधबार राती आएको बाढी र पहिरोमा परेर मृत्यु भएका १४ जनाको शव भेटिएको र कयौँ अझै बेपत्ता अवस्थामा रहेको प्रहरीले जनाएको छ । १४ शवमध्ये चारजनाको मात्र परिचय खुलेको छ । सनाखत भएका चार शव ढोरपाटन ९ की २६ वर्षीया केशमाया विक, ४५ वर्षीय वीरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विकको जनाइएको छ ।
बाढी र पहिरोले बगाएका कतिपयकोे शव अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकामा भेटिएको बताइएको छ । कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताएका छन् । स्थानीय बासिन्दाले ३५ जना बेपत्ता भएको बताएका छन् । बाढी र पहिरोमा परी फलेघर र सुपुर्दुङका एक दर्जन बढी घर बग्नुका साथै वडा नं. ८ सम्मका ४० घर बगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :