आज कोरोनाबाट १,२२८ जना सङ्क्रमित, ६ जनाको मृत्यु

 

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घन्टामा १,२२८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४४५ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३५७ ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४२ हजार ८८७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २५७ पुगेको छ । पछिल्लो २४ घन्टामा ९१७ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना निको हुनेको सङ्ख्या भने २४ हजार २०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :