सुन्धारा मलनजिकै घर भत्काउन लाग्दा एकजना पुरिए

 

फोटो : भिम चापागाई

काठमाडौँ : काठमाडौँको सुन्धारा र धरहरानजिकै रहेको व्यापारिक भवन काठमाडौँ मलको छेउमा रहेको एउटा पुरानो भवन भत्काउने क्रममा एस्काभेटरसहित एक चालक पुरिएका छन् ।
केही समयअगाडि मात्र भत्किएको उक्त भवनको भग्नावशेषमा पुरिएका चालक जीवितै रहेको र उनको उद्धारका लागि नेपाली सेना र प्रहरी घटनास्थल पुगिसकेको बताइएको छ । पुरानो भवन भत्काउने क्रममा घरको तल्लो भाग भत्काउन लागेको बेला माथिल्लोे भाग खस्दा स्काभेटर र चालक चेपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :