मजदुर आन्दोलनका चुनौती

 

माक्र्सवाद समाज परिवर्तनको मार्गदर्शनमा आधारित वैज्ञानिक सिद्धान्त होहरेक चीज निरन्तर गतिमा हुन्छ, विकसित हुन्छ र बदलिन्छ भन्ने भौतिकवादी विश्वदृष्टिकोण नै माक्र्सवाद होयसलाई सर्वहारा वर्गको मुक्तिको सिद्धान्तका रूपमा श्रमिक वर्गले अनुकरण गरेको छ । यसले सिङ्गो जगत्लाइ द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्ने, बुझ्ने, द्वन्द्ववादी तरिकाले विश्लेषण गर्ने दार्शनिक मान्यताबाट समाजलाई बुझ्ने गर्दछ यो दर्शनले । माक्र्सवाद, लेनिनवाद, माओवादमा विकास हुँदै आजको अवस्थासम्म आइपुग्दा यसको थप विकास र विस्तार भैरहेको पनि छ । सैद्धान्तिक, राजनीतिक र दार्शनिक आफ्नो भिन्न दृष्टिकोणअनुसार समाज मात्र बदल्ने होइन, समाजको निर्माण गर्ने मान्छे स्वयम्लाई बदल्नुपर्ने मान्यताबाट अभिप्रेरित भई अगाडि बढ्न मालेमावादले निर्देशन गर्दछ । मालेमावादको मूलभूत मान्यता श्रमिक वर्गको पक्षपोषण गर्ने मान्यतामा आधारित छ । यसले वर्गसङ्घर्षको माध्यमबाट शोषण–उत्पीडनको अन्त्य गर्ने, वर्गविहीन समाजको निर्माण गर्ने र यसका लागि निरन्तर क्रान्तिको प्रक्रियामा अगाडि बढ्नका निम्ति हौसला प्रदान गर्छ । यही मूल मर्मलाई आत्मसाथ गर्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत क्रान्तिलाई नयाँ प्रयोगसहित अगाडि बढाइरहेको छ जुन तथ्य व्यावहारिक कार्यान्वयनबाट नै वैज्ञानिक साबित भैसकेको छ ।
क्रान्ति समयसापेक्षित गतिशील बन्दै जाने क्रममा छ । जब नेपाली श्रमजीवी वर्गमाथि राजनीतिक बेइमानी भयो, वर्गीय मुक्तिको सपनामाथि खेलबाड गरियो, जनताको रगतपसिनाको अवमूल्यन हुँदै गयो, सहिद, बेपत्ता, घाइतेहरूमाथि अपमान गरियो तब जनताका अधुरै रहेका इच्छा र चाहनालाई साकार पार्ने प्रतिबद्धताको साथ एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण हुन पुग्यो । यो आफैँमा प्रतिक्रान्तिका विरुद्ध सचेत पहल थियो । यो ऐतिहासिक कदमले क्रान्तिकारीहरूमा आशा पैदा गरेको छ ।
यतिखेर क्रान्तिकारी र प्रतिक्रान्तिका बीच घमासान टक्कर चलिरहेको छ । समाजमा भैरहेको अन्तरविरोधको हल गर्न उत्पादन शक्तिमाथिको दलाल पुँजीवादी हस्तक्षेप रोक्न उत्पादन साधनमाथिको एकाधिकार र उत्तरसाम्राज्यवाद, साम्राज्यवादी हस्तक्षेप र रणनीतिक आक्रमणका विरुद्धको सङ्घषलाई थप उचाइमा विकास गर्नु आजको आवश्यकता हो । यो सन्दर्भमा सङ्गठनात्मक दृष्टिले सामाजिक दलाल पुँजीवादलाई चकनाचुर पार्ने साङ्गठनिक संरचनाहरू खडा गर्न र नीति निर्देशनका विषयहरूलाई थप व्यवस्थित बनाउँदै खोज, अनुसन्धान र अन्वेषण गर्न हामी सबैबाट पहल हुनु पर्दछ । आजको पुँजीवादी विज्ञानले औद्योगिक केन्द्रलाई लक्षित गरी प्रविधिलाई मुख्य उत्पादक बनाइरहेको बेला समाजवादी अभियन्ता तथा पार्टीका नेता–कार्यकर्ताहरूले कसरी पँुजीवादी दुष्चक्रलाई सदाका लागि नामेट पार्न सकिन्छ भन्ने विषयमा प्रशिक्षित पार्न जरुरी छ किनभने अबको युग भनेको पुँजीवादी संसदीय व्यवस्थाको अन्त्यको युग हो । वर्तमान अवस्थामा सिङ्गो पुँजीवादी प्रणालीमाथि जनआक्रोश तीव्र रहेको छ । कम्युनिस्ट पार्टी विचार, कार्ययोजना र कार्यक्रमबाट सञ्चालित हुन्छ । उद्देश्य प्राप्तिको दिशामा हामी सबै एक हुनुपर्छ । कम्युनिस्ट कस्तो हुने, जीवनव्यवहार, अर्थसम्बन्ध सांस्कृतिक चालचलन र कार्यशैलीगत समस्याहरू कसरी हल गर्न सकिन्छ भन्नेबारे पार्टीको स्पष्ट नीति रहेको छ । जनताको विश्वास र भरोसायोग्य पार्टी हुनुको नाताले हाम्रो पहलकदमीलाई अझ बढी घनीभूत बनाउँदै लाने दिशातिर सबै अग्रसर हुन आवश्यक छ ।
हरेक वस्तुको विकास र विनाशको मुख्य कारण त्यस वस्तुभित्र अन्तरनिहित हुन्छ । विचार, सिद्धान्तलाई समृद्धीकरण गर्दै अगाडि बढिरहेको यो बेला राज्यको हठात् प्रतिबन्ध झेलिरहेका छौँ । हामी जनताको असल सेवक बन्दै थियौँ । गुमेका जनविश्वासले नयाँ आकार ग्रहण गर्दै थियो । गाउँ र सहरहरूमा सङ्गठन विस्तार हुने लहर चलेको थियो । पार्टीका अभियानहरूले मजदुर, किसान, वर्ग, क्षेत्र, लिङ्गका जनतामा थप उत्साह पैदा गरेको थियो । संसद्वादीहरूले गरेका राष्ट्रघात, जनघात, जनविरोधी गतिविधिको भण्डाफोर गर्दै अगाडि बढिरहेको नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय, अन्तर्राष्ट्रिय, राष्ट्रवादी तथा देशभक्त जनता सबैमा लोकप्रिय भैरहेको बेला फासिवादी हर्कतमा उत्रिएका जनविरोधी शासकले प्रतिबन्ध थोपरेको छ । यसलाई डटेर सामना गर्नुपर्ने तत्परताको खाँचो छ । जनताको जनजीविकाका सबाललाई लिएर राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, राज्य प्रशासनले जेल र हिरासतमा सयौँ कमरेडहरूलाई बन्दी बनाइराखेको छ । उहाँहरूलाई तत्काल जेल तथा हिरासबाट मुक्त गराउन सशक्त सङ्घर्ष आवश्यक छ ।
हाम्रो कार्ययोजनालाई थप व्यवस्थित बनाउन र मजदुर वर्गका थाती रहेका तमाम समस्या पहिचान गरी समाधान गर्न मजदुरलाई राजनीतिक चेतनाको अभिवृद्धि गर्न आवश्यक छ । वैज्ञानिक समाजवादी व्यवस्थाले समृद्धि ल्याउने हो, गरिबी बाँड्ने होइन भन्ने कुराको अर्थ बुझाउन जरुरी छ । मजदुर आन्दोलन अधिकारसँग जोडिएको विषय हो तर जबसम्म राजनीतिक, सामाजिक र आर्थिक अधिकार सुनिश्चितताका लागि पुरानो सत्ताका विरुद्ध सङ्घर्ष गर्न तयार हुँदैनौँ तबसम्म दलाल पुँजीपति वर्गको अमानवीय शोषण रही नै रहनेछ । अहिलेको सामाजिक दलाल पुँजीवादी सत्ताको प्रतिबन्धले क्रान्ति र सङ्घर्षको माग गर्दछ । मजदुर वर्गको सङ्गठित आवाज बुलन्द गर्न मालेमावादी दर्शन, सिद्धान्त र एकीकृत जनक्रान्ति बहुउपयोगी हतियार हो । वैज्ञानिक समाजवादको लक्ष्य भनेको उत्पादनको साधनमाथि सामूहिक स्वामित्व कायम गर्न र मजदुर वर्गलाई जागरुक बनाउनेतर्फ परिलक्षित छ । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, सामाजिक न्यायका लागि उठेका जनआवाजलाई क्रान्तिमार्फत पूरा गर्ने दृढ़ विश्वास साथ नेकपा आफ्नो मुक्तियात्रामा अघि बढिरहेको छ । यो महान् उद्देश्यमा हामी सबै समर्पित भई क्रान्तिको सफल प्रयोगमा टेवा पु¥याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :