उद्धारको नाममा बैदेशिक रोजगारमा गएकाहरुबाट मोटो रकम असुल्नेलाई कार्बाही गरिने

काठमाडौँ : बैदेशिक रोजगारीको लागि साउदीअरब गएका नेपालीहरुबाट उद्धारको नाममा बिचौलीयाहरुले मोटो रकम असुलेको भन्दै नेपाली जनप्रगतिशिल मोर्चा साउदीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । अहिले अन्य मुलुकमा भन्दा साउदीअरबमा नेपाली श्रमिकहरुको अवस्था निकै नाजुक रहेकोबेला बिचौलीयाहरुले श्रमिकहरुलाई उद्धार गर्ने बहानामा अनेकौं प्रलोभन र समस्या देखाइ मोटो रकम असुली गरिरहेको भन्दै जनप्रगतिशिल मोर्चा साउदीले विरोध गरेको हो ।
जनप्रगतिशिल मोर्चा साउदीअरबका अध्यक्ष  कसम मगर  र महासचिव टिकाराम ओली ‘शुरेस’ ले यही भदौ १२ गते प्रेस विज्ञप्ति जारी गर्दै साउदी अरबमा टिकट, होटेल र क्वारेन्टाइन गरि प्रति ब्यक्ति झन्डै नेपाली रुपैया दुईलाख खर्च गरेपछि मात्रै आफ्नो देश आउन सक्ने वातावरण बनाईरहेको भन्दै पिडित मजदुरहरुलाई सरकारी खर्चमा उद्धार गर्नको निम्ति माग गरेको छन् । मोर्चाको विज्ञप्तिमा भनिएको छ –‘यहाको दूतावासले स्वीकृति दिएको साउदीअरबको राजधानी रियाद शहरको बथ्था स्थित ( Dhaka medical center )मा कार्यरत नेपाली डक्टर अनिरुद्र पाठकले नेपाली श्रमिकहरु उद्धारको नाममा एक त नेपाल सरकारबाटै अपहेलित र पीडित हुदाहुँदै पनि अनेकौ ऋण–धन गरि नेपाल जानलाग्नुभएका हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरुबाट कोरोना जाच गर्ने बहानामा मोटो रकम पर ब्यक्ति ४८०० देखि ६४०० सम्म चार्ज लिदै बिना चेक जाच पीडितहरुलाई कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ दिदै आएको खुलासा पिडित “झपड बहादुर बस्नेतले (नेपाल पुगिसकेपछी) news 24 channel को issue of the day कार्यक्रम मार्फत सार्बजनिक गरे । यस बिषयमा दूतावास रियाद र नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न र गराउन चाहन्छौ ! यो बिषय एक ब्यक्तिमाथिको मात्रै नभई समग्रमा सिङ्गो रास्ट्रप्रतिमाथि नै घात रहेको ठहर हामी र हाम्रो मोर्चाले गरेकोछ ! यदि यो बिषयलाई सामान्य ठानी दुतावासले खरो रुपमा एक्सन नलिएमा नेपाली डाक्टर अनिरुद्र पाठकलाई जस्तोसुकै कार्बाही चाहे भौतिक होस या कानुनी अथवा दुबै गर्नको निमित्त हाम्रो मोर्चाले कुनै कसर बाँकी नराख्ने जानकारी दूतावासलाई गर्न चाहन्छौ, अनिरुद्र पाठकको इतिहास हामिले राम्रोसँग बुझेकाछौ उनले पैसाको निमित्त साउदी अरबमा के कस्तो धन्दा हिजोको दिन देखी गर्दै आएका छन् त्योपनी हामिसँग प्रमाण सुरक्षित नै रहेको जानकारी दूतावासलाई गराउन चाहन्छौ !’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :