आज कोरोनाबाट १,१२० जना सङ्क्रमित, १२ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,१२० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३८८ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३५० ललितपुरमा २९ र भक्तपुरमा ९ जना नयाँ सङ्क्रमित थपिएका छन् । 
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४१ हजार ६४९ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २५१ पुगेको छ । पछिल्लो २४ घन्टामा १,११२ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना निको हुनेको सङ्ख्या भने २२ हजार २९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :