कूटनीतिको परिधिभन्दा परको सम्बन्ध – मुहम्मद नवाज सरिफ

Muhammad-Nawaz-Sharif2

मुहम्मद नवाज सरिफ (Muhammad Nawaz Sharif)
चीनलाई एक्लाउने प्रयासको विपक्षमा पाकिस्तानले रचन¬ात्मक भूमिका खेल्यो, सारा अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध बनाउन तथा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य बनाउन चीनलाई सहयोग ग¥यो । पाकिस्तान एक चीन नीतिको बलियो समर्थक हो । दुई देशबीचको सम्बन्धको महत्वपूर्ण पक्ष भन्नु नै जनता जनताबीच सौहार्दपूर्ण सम्बन्ध हो– हृदय र विवेकको सम्बन्ध हो ।

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिङपिङ हालै सम्पन्न पाकिस्तान भ्रमण निःसन्देह दुई वर्षबीचको कूटनीतिक सम्बन्धको व्यापक विस्तारमा कोशेढुंगा सावित भएको छ । सो भ्रमणले दुई देशबीचको सम्बन्धको मात्र नभई दक्षिण एशियाली क्षेत्र र केन्द्रीय एशियाको भू–राजनीति, आर्थिक र सुरक्षा चासोमा प्रतिबद्ध रहने नयाँ तहको रणनीतिक सहकार्यको तहलाई उकासेको छ ।

क्षेत्रीय सम्बन्धका लागि चीनले अघि सारेको नयाँ दृष्टिकोणसँग हामी आफै जोडिन पाएकोमा हामी गौरवान्वित भएका छौं । साथै पुरानो रेशम मार्गको पुनः स्थापना र चीन–पाकिस्तान आर्थिक मार्गको निर्माणमार्फत् प्राप्त आर्थिक समृद्धिको हिस्सा बन्न पाउँदा हामी खुशी छौं । चीनको फैलिंदो आर्थिक विकास र बदलिंदो आर्थिक तथा विश्वव्यापी वास्तविकताबाट निर्देशित यी ऐतिहासिक कदमहरूले आपसी आर्थिक हितका लागि आजसम्म उपयोगमा नआएका स्रोतको सदुपयोगका लागि असीमित अवसरहरूको ढोका खोलेका छन् ।

चीन–पाकिस्तान आर्थिक मार्गको छातामुनिका परियोजनाहरूको समापनले पाकिस्तानको आर्थिक अवस्थामा क्रान्तिकारी पैभाव पार्नेछ । आफ्नो पाकिस्तान भ्रमणको सिलसिलामा सिले ठीक ढंगले औल्याउनु भएजस्तै त्यसले पाकिस्तानका चार ओटा प्रान्तहरूका जनताको जीवनमा दीर्घकालीन प्रभाव पार्नेछ । चीन–पाकिस्तान आर्थिक मार्गले पाकिस्तानलाई त्यस क्षेत्रको आर्थिक केन्द्रको रूपमा विकास गर्नेछ । जसले बाह्रैमास आर्थिक फाइदा गर्नेछ । यसबाट पक्कै चीनलाई पनि धेरै हिसाबबाट फाइदा गर्नेछ । यो अवस्थाले चीनलाई अरब सागरको सबभन्दा छोटो बाटो आफ्नो लागि सुरक्षित गरेर विश्वव्यापी तहमा आफ्ना व्यापारिक हितलाई फैलाउन सक्ने राम्रो स्थानमा पु¥याउनेछ । साथै चीनले आफ्ना औद्योगिक मेसिनहरूका लागि कम लागत र समयमा तेल ल्याउन सक्नेछ । वास्तवमा यो अवस्था चीन र पाकिस्तान दुवै एवं यस क्षेत्रका सबै देशका निम्ति हितकारी हुनेछ ।

पाकिस्तान प्राकृतिक रूपमा सम्पन्न देश हो । एशियाका तीन प्रमुख उपक्षेत्रहरू जोड्ने पाकिस्तानको भू–रणनीतिक अपस्थितिले हामीलाई विशिष्ट सुविधा प्राप्त छ । यी नै विशिष्ट अवस्थाका कारण चीन जस्तो हाम्रो मित्रलाई आफ्नो आर्थिक र रणनीतिक लक्ष्य प्राप्तिको निम्ति हामीले सहयोग गर्न सकेकोमा हामी गौरव महशुस गर्दछौं ।

यतिबेला पाकिस्तान आतङ्कवादविरुद्ध आक्रामक युद्धमा संलग्न छ । आतंकवाद यो क्षेत्रको शान्ति, सुरक्षा र सुखमा ठूलो चुनौति बनेको छ । कहीं बढी र कहीं घटि हुनसक्छ तर लगभग यो क्षेत्र पूर्ण रूपमा आतंकवादबाट पिरोलिएको छ । आतंकवादविरुद्धको युद्धमा पाकिस्तानमा अग्रभागमा भिडिरहेको देश भएको कारण यो युद्धमा पाकिस्तानले ठूलो आर्थिक क्षति भोगेको छ । देशको सुरक्षा व्यवस्थामा आतंकवादको नकारात्मक दुष्प्रभाव झेलिसकेको देश भएका कारण सिनचियाङ (उइगुर स्वशासित क्षेत्र) मा सुरक्षा चुनौतिबारे चिनियाँ चासोको मर्म हामीले बुझेका छौं । सिनचियाङको समस्या पुर्वी तुर्किस्तान इस्लामिक आन्दोलन ईटीआईएम (ETIM) को आतंकवादी क्रियाकलापको परिणाम हो । इटीआईएम (ETIM) को खतरा सामना गर्न हामी चीनको पक्षमा उभिएका छौं । पाकिस्तान र चीनको सुरक्षा चासो एक अर्कासँग अन्तरसम्बन्धित छन् । आतंकवादको प्रतिरोधमा हाम्रो पहलप्रति चिनियाँ राष्ट्रपतिले व्यक्त गर्नुभएको प्रतिवद्धता र समर्थनको हामी प्रशंशा गर्न चाहन्छौं । यो साझा चुनौती सामना गर्न द्वितीय तहमा र यस क्षेत्रमा देशहरूको सहकार्यात्मक प्रयास मार्फत् काम गर्ने दृढताको हामी प्रशंशा गर्न चाहन्छौं ।

पाकिस्तान दृढतापूर्वक विकासको लागि शान्तिमा विश्वास गर्दछ र मेरो सरकार यो लक्ष्य प्राप्तिको लागि दिलो ज्यानले लागिपरेको छ । यो प्रयासले अफगानिस्तानसँगको सम्बन्ध सुधारमा मद्दत गरेको कुराले म हर्षित छु । फलतः आपसी विश्वासमा आधारित सहकार्यको सम्बन्ध विकासको वातावरण बनेको छ । मूलतः आतंकवादको प्रतिरोधको सन्दर्भमा यस्तो अवस्था बनेको छ । पाकिस्तान आफगानी नेतृत्वको र आफगानी स्वामित्वको अफगानिस्तानमा चालु शान्ति प्रक्रियाको समर्थन गर्दछ र यो क्षेत्रको सुरक्षा चुनौतिलाई मत्थर पार्नका साथै आपसी आर्थिक समृद्धिको क्षमता विकासका लागि आफगानिस्तानमा शान्ति नै सबभन्दा महत्वपूर्ण कुरो भएकोमा विश्वास गर्दछ । अफगानिस्तानमा पूर्वाधार पुनः निर्माणमा चीनको चासो र सहभागिता एवं त्यहाँको शान्ति प्रक्रियामा चीनको समर्थनले शान्ति र विकासको साझा लक्ष्यमा सफलताको सम्भावनालाई ठूलो अनुपातमा बढाएको हाम्रो विश्वास छ । 

राष्ट्रपति सिको पाकिस्तान भ्रमणको क्रममा दुई देशबीच आर्थिक तथा सुरक्षा सम्बन्ध थप कसिलो बनाउने विषयमा भएको समझ्दारी र आपसी रणनीतिक सहकार्य थप बढाउने विषयमा नियमित संवाद र सल्लाह गर्ने प्रतिवद्धता पाकिस्तानको लागि ठूलो उत्साहको विषय बनेको छ । त्यस्तै हातहतियार नबेच्ने, आणविक आपुर्तिकर्तासँगको संलग्नता र शाङ्घाई सहयोग संगठनको पूर्ण सदस्यताको लागि हाम्रो प्रयासलाई सफल बनाउने विषयमा चीनले व्यक्त गरेको प्रतिबद्धता पनि उत्तिकै उत्साहप्रद छ । शान्ति र सुरक्षाको लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय संयन्त्र परिचालन गर्ने र बलियो बनाउने हाम्रो निर्विवाद धारणा, सदस्य देशहरूका चासो बुझ्ने मामिलामा संयुक्त राष्ट्र संघमा सुधार तथा न्यायपूर्ण विश्व व्यवस्था स्थापनाले दुई देशको मित्रताको रुखलाई हुर्काउन आवश्यक पौष्टिक आहार प्रदान गर्दछ । ककेसियाको मैदानदेखि अरब सागर र प्रशान्त महासागरको तटसम्म फैलिएको एशिया महादेशको स्थायित्व र आर्थिक समृद्धि धेरै अर्थमा पाकिस्तान र चीनबीच बलियो र चालु सम्बन्धमा निर्भर रहन्छ ।

राष्ट्रपति सिले राष्ट्रिय पुनः जागरणको चिनियाँ सपनाको दूरदर्शी घोषणाले चिनियाँ जनतालाई मात्र प्रृेरित गरेको छैन बरु संसारभरका विकासशील देशहरूलाई उत्साहित बनाएको छ । यो क्षेत्रको शान्ति र समृद्धिको यो दृष्टिकोणलाई हामी अवलम्बन गर्न चाहन्छौं । साथै सहकार्यको भावनामा उभिएर चीनले छिमेकी देशहरूसँग सम्बन्ध विस्तार गर्नेमा राष्ट्रपति सिको जोडको हामी स्वागत गर्न चाहन्छौं । त्यसकारण चिनियाँ राष्ट्रपतिको नयाँ एशियाली सुरक्षाको अवधारणाको हामी पूर्ण रूपमा समर्थन गर्दछौं । एशियाली पूर्वाधार लगानी बैङ्क ९ब्क्ष्क्ष्द्य० बनाउन चिनियाँ अगुवाई यही धारणाको कार्यान्वयन तर्फको वास्तवमै सकारात्मक कदम भएको पाकिस्तानले महशुस गरेको छ कुनै पनि देशको दिगो आर्थिक विकास प्रक्रियाको सुरुमा पूर्वाधार सबैभन्दा अपरिहार्य आवश्यकता हो । धेरै एशियाली देशहरूसँग आफ्नो आर्थिक लक्ष्य हासिल गर्न आवश्यक पूर्वाधारहरू छैनन् । उनीहरूसँग त्यस्ता पूर्वाधार आफै विकास गर्न आवश्यक स्रोत पनि छैन । एशियाली पूर्वाधार लगानी बैङ्कले पूर्वाधार विकासको लागि आवश्यक स्रोत अन्य ऋणदाता निकायहरूको तुलनामा कम ब्याज दरमा उपलब्ध गराउन ठूलो भूमिका निभाउनेछ । यसले ऋणदाता निकायहरूबीच स्वस्थ प्रतिष्पर्धालाई प्रोत्साहित गर्नेछ । अनि ऋण लिने देशहरू पनि आफूलाई आवश्यक ऋण सुरक्षित गर्ने मोलमोलाई गर्न सक्ने राम्रो अवस्थामा रहनेछन् ।

चीनले सिकाएको यो कदमले क्षेत्रीय सम्बन्ध, आर्थिक अन्तरनिर्भरता र परिणामतः एशियाली देशहरूबीच आर्थिक एकता बनाउन एउटा महत्वपूर्ण पाइला हुने पाकिस्तानको धारणा छ । यो सम्पूर्ण महादेशमा शान्तिको लागि एउटा अग्रदूत प्रमाणित हुनेछ । चीनसँगको सम्बन्ध पाकिस्तानको विदेश नीतिका काशेढुंगा हुन् । तीन नीतिहरूले समयका पदचाप बुझेका छन् र सन् १९५१ मा दुई देशबीचको सम्बन्ध स्थापित भए यता यसको रेखाचित्र क्रमशः उकालो लागेको अवस्था छ । चीनले पाकिस्तानको क्रमिक आर्थिक प्रगतिमा ठूलो मात्रामा योगदान पु¥याएको छ, सुरक्षा क्षमता वृद्धि गर्नमा पाकिस्तानलाई अमूल्य सहयोग गरेको छ र पाकिस्तानको चासोको कुनै पनि विषयमा निसंकोच समर्थन गरेको छ । त्यस्तै चीनलाई एक्लाउने प्रयासको विपक्षमा पाकिस्तानले रचनात्मक भूमिका खेल्यो, सारा अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध बनाउन तथा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य बनाउन चीनलाई सहयोग ग¥यो । पाकिस्तान एक चीन नीतिको बलियो समर्थक हो । दुई देशबीचको सम्बन्धको महत्वपूर्ण पक्ष भन्नु नै जनता जनताबीच सौहार्दपूर्ण सम्बन्ध हो– हृदय र विवेकको सम्बन्ध हो । पाकिस्तानको चित्रण राष्ट्रपति सिले भन्नुभएको ‘फलामे मित्र’ शब्दबाट चित्रित भएको छ । यो भावना आपसी भावना हो । पाकिस्तान–चीन मित्रता जिन्दावाद !

A Relationship beyond the realm of diplomacy

BEIJING REVIEW

My 14, 2015, vol 20, No. 14

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :