फेरि सत्याग्रहमा के.सी.

images

काठमाडौं / साउन २ :  स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै असार ३१ गतेसम्मको अल्टिमेटमा दिएका प्रा.डा. गोविन्द के.सी.ले साउन ९ गते ४ बजेदेखि फेरि आमरण अनसनमा बस्ने चेतावनी दिएका छन् । सप्तरीको तिलाठीका बाढी पीडितको उपचारार्थ सहयोगी टोलीसहित पुगेका के.सी.ले तिलाठीबाट नै सो चेतावनी दिएका हुन् । 
चिकित्सक के.सी.ले माथेमा प्रतिवेदन र आफ्ना सुझावहरु लागु गर्न सरकार अनुदार भएको बताएका छन् । के.सी. ले पुराना मागसहित ‘सरकारी निर्देशन र अदालतको आदेश नटेर्ने मेडिकल कलेजहरुको सम्बन्धन तत्काल खारेज गर्नुपर्ने’ माग पनि थपेका छन् । चिकित्सा शिक्षा आयोग नबनेसम्म चिकित्सा अध्ययनको शुल्क कलेजले मनोमानी नभएर सरकारले तोक्नुपर्ने के.सी.को माग छ । आइओएम पधाधिकारी नियुक्त नगरेर त्रिविले शैक्षिक अराजकता श्रृजना गरेकोले सम्बन्धीत अधिकारीलाई कारवाही गर्नुपर्ने के.सी.को माग छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :