सामाजिक अभियन्ता कार्कीद्वारा जाजरकोटमा खाद्यान्न वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट गणतान्त्रिक सम्पर्क मञ्चका सचिव तथा सामाजिक अभियन्ता नरबहादुर कार्कीले जाजरकोटमा Hunger_Response_Campaign सञ्चालन गरेर खाद्यान्न वितरण गरेका छन् ।

कोरोना भाइरस महामारीले गर्दा समस्यामा परेका अति विपन्न जाजरकोटबासीका लागि कार्कीले अहिलेसम्म ३८० घरपरिवारका लागि प्रतिपरिवार १ बोरा चामल र दाल वितरण गरेका हुन् ।

Hunger_Response_Campaign अभियानअन्तर्गत अति विपन्न परिवारलाई लक्षित गरेर गरिएको खाद्यान्न वितरण कार्यक्रममा विभिन्न सामाजिक सङ्घसंस्थाले सहयोग गरेको जनाइएको छ ।

जाजरकोटकै बासिन्दा रहेका अभियन्ता कार्कीले Hunger_Response_Campaign गरिब र विपन्नहरूकै अभियान भएको भन्दै यो अभियान अझै जारी रहने बताएका छन् । नाम कमाउन र चर्चामा आउनका लागि अभियान सञ्चालन गरिएको नभई अभाव, दुःख, कष्ट र खाद्य अभाव झेलिरहेकाहरूलाई सहयोग गर्ने आफ्नो अभियान रहेको भन्दै कार्कीले मानवताका निम्ति हातेमालो गर्ने सुन्दर हृदयहरूलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :