नेपालमा आज १,२०४ जना कोरोना सङ्क्रमित थपिए, १,४४७ जना निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,२०४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ७११ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ५७०, ललितपुरका ५८, र भक्तपुरका ८३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६२ हजार ७९७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४०१ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ४४७ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ४५ हजार २६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :