कोरोनाले आज ७ जनाको ज्यान लियो

काठमाडौँ : नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४० हजार नजिक पुगेको बेला मृत्युदर पनि बढेको छ । सोमबार मात्र कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २२८ पुगेको छ ।
यस्तै सोमबार नै नेपालमा पहिलोपटक कोरोना सङ्क्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिकाका ३५ वर्षीय हेल्थ असिस्टेन्टको कोरोनाबाट मृत्यु भएको हो ।
सोमबार कोरोनाका कारण महोत्तरीमा ४ वर्षीया बालिकाको पनि मृत्यु भएको छ । यस्तै मृत्यु हुनेमा रूपन्देही, रौतहट, झापा, चितवन, गोरखा र भक्तपुरका रहेका छन् ।
यसैगरी कोरोनाका कारण विश्वभरि नै ज्यान गुमाउनेको सङख्या ८ लाख ५१ हजारभन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :