भारत र चीनबीच फेरि झडप, चीनले भारतीय सीमानजिक उडायो अत्याधुनिक लडाकु विमान

तस्विर बिबिसी हिन्दि

भारत र चीनबीचको सीमाविवाद पुनः बल्झिएको छ । भारतीय र चिनियाँ सैनिकबीच लद्दाखमा पुनः झडप भएको छ । यही अगस्ट महिनाको २९ र ३० तारिखको राती दुई देशका सैनिकबीच झडप भएपछि चीनले आफ्नो सीमा क्षेत्रमा भारतीय पक्षले राम्ररी देख्ने गरी अत्याधुनिक पाँचाँै जेनेरेसनको लडाकु विमान जेएफ २० उडाएको दाबी भारतीय सञ्चार माध्यमहरूको छ तर यसबारेमा चीनले कुनै प्रतिक्रिया दिएको छैन ।
भारतले केही समयअघि फ्रान्सबाट राफेल लडाकु विमान ल्याएर सीमा क्षेत्रमा तैनाथ गरेपछि चीनले पनि अत्याधुनिक जेफ २० होटानसहित भारतसँग जोडिएको सीमा क्षेत्रनजिकका विमानस्थलहरूमा तैनाथ गरेको थियो । उडान लगातार जारी रहेको र अन्य बमवर्षक विमानसमेत चीनले तैनाथ गरेको भारतीय पक्षको दाबी छ ।
भारतले पनि राफेलसहित अन्य लडाकु विमान तैनाथ गरेको समाचार एजेन्सीहरूले जनाएका छन् । भारतीय सेनाले भने लद्दाखको भारतीय क्षेत्रमा चिनियाँ सेना प्रवेश गर्न खोजेको र भारतीय फौजले विफल पारेको दाबी गरेको छ तर भारतीय सञ्चारमाध्यमहरू झूट्टा समाचार प्रसारण गर्न विश्वमै बदनाम छन् । केही समयअघि नेपालका प्रधानमन्त्री र चिनियाँ राजदूतको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले बकबासपूर्ण समाचार प्रसारण गरेपछि नेपाल सरकारले भारतीय सञ्चारमाध्यमहरूमाथि नै प्रतिबन्ध लगाउनु परेको थियो ।
लद्दाखमा चीन र भारतीय सेनाबीच गत जुन १५ मा भएको झडपमा २० जना भारतीय सैकि अधिकृतलाई चिनियाँ जनमुक्ति सेनाले मारिदिएको थियो । त्यसपछि भारत र चीनबीच भएको वार्ताको परिणामस्वरूप दुवै देशका सेना अलि पछि सरेका थिए । भारतीय पक्षले भने चिनियाँ सेना पछि नहटेको आरोप लगाउँदै आएको छ ।
उक्त घटनापछि पनि सीमा क्षेत्रमा दुवै देशबीच तनाव कायम छ । सीमा क्षेत्रमा हतियार, युद्ध पूर्वाधार विस्तार गर्नुका साथै दुवै देशले सेनाको सङ्ख्या थपिरहेका छन् ।
भारतीय रक्षा मन्त्रालयले भने तनावका बीचमा पनि वार्ता भने जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :