नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नजिक

काठमाडौँ  : नेपालमा पछिल्लो २४ घन्टामा ८९९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरिका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ८९९ नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका हुन् । यीमध्ये काठमाडौँ उपत्यकाका २९८ जना रहेका छन् ।
त्यसमध्ये काठमाडौँ जिल्लाका १९०, भक्तपुरका ४१ र ललितपुरका ६७ जना रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३९ हजार ४ सय ६० पुगेको छ । यस्तै विश्वभरि नै कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड ५४ लाख १४ हजार ७६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :