नेकपा नेत्री भुजेललाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ : नेकपाकी नेत्री उमा भुजेललाई गैरन्यायिक थुनाबाट रिहा गर्न सर्वोच्च अदालतले सरकार र सप्तरी जिल्ला प्रहरीलाई आदेश गरेको छ ।
भुजेलका तर्फबाट उनकी बहिनी सुशीला भुजेलले दायर गरेको रिटउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको जानकारी अधिवक्ता कपिलचन्द्र पोख्रेलले दिएका हुन् । नेत्री भुजेललसँगै सुमनसिंह पौडेलको हकमा पनि रिट जारी भएको छ ।
भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ २ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । रिहा हुनासाथ अदालत परिसरबाटै गिरफ्तार गरेर २ दिन बेपत्ता पारेपछि सप्तरी जिल्लास्थित कञ्चनपुर इप्रकामा पु¥याइएका उनीहरूलाई भारदहमा प्रहरीमाथि कर्तव्य पालना गर्न अवरोध गरेको झूट्टा आरोपमा अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो ।
उनीहरूको रिटमा न्यायाधीशहरू दीपककुमार कार्की र हरिकृष्ण कार्कीले फैसला गरेका थिए । बन्दीहरूका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेल, चिरञ्जीवी ढकाल, कान्तिराम ढुङ्गाना, चूडाबहादुर निरौला, राजु ढुङ्गाना, सन्तोष कोइराला र पङ्कजकुमार कर्णले बहस गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :