पहिरोको बितण्डा, कालिकोटमा १ को मृत्यु

काठमाडौँ : आइतबार बिहान गएको पहिरोमा परि कालिकोट र सिन्धुपाल्चोकमा मानविय क्षति सहित अन्य भौतिक क्षती भएको छ । कालीकोटको तिलागुफा नगरपालिका १ गएको पहिरोमा परि १ जना ५ बर्षीय बालकको मृत्यु भएको छ । यस्तै पहिरोमा परेका १३ बर्षीय अर्जुन हमाल र ३५ बर्षीय पुन्य शाहीलाई भने जीवीतै उद्धार गरिएको छ । पहिरोमा केही घरहरु पुरिदा भौतिक सम्पत्तिमा क्षती पुगेको छ ।
यस्तै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोमा परि सुनकोशी–६ का नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घर पुरिएको हो । त्यस ठाउमा मानविय क्षती नभएपनि घरहरुमा रहेको अन्नपात र खेतिबाली समेत नस्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :