भारतमा एकैदिन ७८ हजार कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : कोरोना भाइरस महामारीले सबैभन्दा प्रभावित देश अमेरिका र ब्राजील पछि भारत हो । कुल १ अर्ब ३६ करोड जनसङ्ख्या रहेको भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहा एकैदिन ७८ हजार ४७२ जना संक्रमित भएका छन् । यो सँगै भारतमा सङ्क्रमितको सङ्ख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ । यस्तै त्यँहा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ६३ हजार भन्दा बढि रहेको छ भने २७ लाख १२ हजार ५२० कोरोना सङ्क्रमित निको भएका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ लाख भन्दा बढि रहेको छ । यस्तै मृतकको सङ्ख्या १ लाख ८६ हजार भन्दा बढि रहेको छ भने निको हुनेको सङ्ख्या भने ३४ लाख भन्दा बढि रहेको छ ।
यस्तै दोस्रो स्थानमा रहेको ब्राजीलमा कोरोना संक्रमितको सङ्ख्या ३८ लाख ४६ हजार भन्दा बढि रहेको छ भने मृतकको सङ्ख्या १ लाख २० हजार नाघेको छ निको हुनेको सङ्ख्या भने ३० लाख भन्दा बढि छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :