नेपालमा कोरोनालाई जित्नेको संख्या २० हजार नाघ्यो

 

काठमाडौँ : नेपालमा कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । शनिबारमात्र ३१३ जनाले कोरोनालाई पराजित गरेर घर फर्कीएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट निको हुनेको सङ्ख्या नेपालमा २०,५५५ पुगेको छ ।
यस्तै विश्भरी निको हुने कोरोना संक्रमितको सङ्ख्या भने १ करोड ७३ लाख भन्दा बढि रहेको छ । कुल सङ्क्रमित २ करोड ४९ लाख ५५ हजार ३०५ मध्ये निको हुनेको सङ्ख्या १ करोड ७३ लाख ३८ हजार ३२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या भने विश्वभरी ८ लाख ४२ हजार १९८ रहेको छ । जस मध्ये नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :