कक्षा ११ को भर्ना र कोटा बुक गराउने कार्य बन्द नगरे कार्वाही गरिने

काठमाडौँ  : अखिल क्रान्तिकारीले एसईई नतिजा सार्वजनिक भएसँगै केही निजी विद्यालयहरुले कोटा बुक गराउने नाममा असुली गरिरहेको भन्दै तत्काल रोक्न माग गरेको छ ।
कोरोना भाइरस महामारीको संकटमा पनि कतिपय शैक्षिक संस्थाहरुले अभिभावकसँग रकम असुली गरिरहेको बताउदै क्रान्तिकारीले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले शनिबार एक विज्ञप्ति जारी गर्दै केही शैक्षिक संस्थाहरुले कक्षा ११ मा भित्रभित्रै भर्ना लिने, कोटा बुक गराउने, भर्ना सम्बन्धि व्यापक प्रचारप्रसार गर्ने र विद्यार्थी अभिभावकमा भ्रम सिर्जना गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
हालै एसईईको रिजल्ट सार्वजनिक गरिए पश्चात केही शैक्षिक संस्थाहरुले कक्षा ११ मा भित्रभित्रै भर्ना लिने, कोटा बुक गराउने, भर्ना सम्बन्धि व्यापक प्रचारप्रसार गर्ने र विद्यार्थी अभिभावकमा भ्रम सिर्जना गर्ने काम भइरहेकोले उक्त क्रियाकलाप तत्काल बन्द गर्न माग गरिएको छ । ।
त्यस्तै, संयोजक बिकले कक्षा १२ को बार्षिक परीक्षा विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरु, नतिजा प्रकाशन, प्राबिधिक तर्फका प्रबेश परिक्षाहरु, नयाँ भर्नालगायत यो शैक्षिक सत्र नै खेर जान सक्ने सम्भावनाको बिषयमा विद्यार्थीहरुमा गम्भीर मनोबैज्ञानिक असर परिरहेको बताएका छन् । उनले शिक्षा मन्त्रालय र बिश्वविद्यालयद्वारा स्पष्ट र वैज्ञानिक योजनासहित शैक्षिक क्षेत्रमा उत्पन्न अन्यौलताको तत्काल अन्त्य गर्न समेत माग गरेका छन् ।
काठमाडौ उपत्यकाका केही निजि शैक्षिक संस्थाहरुले अहिलेको संकटमा मानवीय समबेदनाको पक्षमा न्यूनतम ख्याल नगरी अभिभावकसँग जबरजस्ती शूल्क असुलिरहेका सूचना प्राप्त भएको बताउँदै सो कार्य रोक्न विज्ञप्तिमा आग्रह गरिएको छ । ‘मल्पिसिटी स्कुल बालुवाटार, डियर वाक स्कुल सिफल, मिल्सेबेरी स्कुल महाराजगन्ज, रातोबंगला स्कुल ललितपुर, युलेन्स स्कुल ललितपुर, प्रिमिएयर स्कुल ललितपुरलगायतका निजि स्कुलहरुले अभिभावकहरुलाइ शूल्क तिर्न जबरजस्ती गरिरहेको कुरा क्रान्तिकारीको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी त्रिभुवन बिश्वविद्यालयद्वारा विद्यार्थीहरुलाई अन्यौल र भ्रम सिर्जना हुनेगरी परीक्षाको बिषयमा थरिथरिका सूचना प्रकाशित गरेर विद्यार्थीलाई मनोवैज्ञानिक दवाव र अन्यौलता सिर्जना गरिहरेको भन्दै त्यस्तो कार्य नगर्न समेत विज्ञप्तिमा भनिएको छ । यसले बिश्व विद्यालयजस्तो महत्वपूर्ण संस्थाले स्थितिको सामान्य मुल्यांकन समेत गर्न नसक्नुले क्षमता र हबिगतबारे स्पष्ट समेत संयोजक बिकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :