नेपालमा १२ सय २१ कोरोना सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या २२१ पुग्यो

काठमाडौँ: नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय २१ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जस अनुसार काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमन पुष्टि भएको छ । यो काठमाडौँमा थपिएको अहिलेसम्मकै उच्च सङ्ख्या हो ।
यस्तै पछिल्लो २४ घण्टामा २६७ जना कोरोना सङ्क्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको सङ्ख्या २० हजार ८२२ पुगेको छ ।
यसैगरी कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ महिला र १० पुरुषसहित १४ जनाको निधन भएको हो ।
मन्त्रालयका अनुसार महोत्तरी र रुपन्देहीका २–२, सुनसरी, बारा, महोत्तरी, काठमाडौंका, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १४ जनाको ज्यान गएको हाे। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :