नेकपाद्वारा बाढीपीडितलाई राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले भदौ २ गतेको अविरल वर्षापछि आएको बाढीले घरबारविहीन भएका ठाँटीकाँध गाउँपालिका गैरेगाउँका ७ परिवार बाढीपिडितलाई राहत वितरण गरेको छ ।
दैलेखमा भदौ २ गतेको अविरल वर्षाले ठाँटीकाँध गाउँपालिका गैरेगाउँका ७ वटा घर बगाएको थियो । बाढीमा परी २ जना बालकको मृत्यु भएको थियो ।
बाढीपीडित जनताको घरमै गएर नेकपाले राहत वितरण गरेको हो । ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरेगाउँका टीकाराम कठायत, दानबहादुर कठायत, कर्णबहादुर कठायत, बलबहादुर नेपाली, लीला नेपाली र रणबहादुर शाहीलाई नेकपाले चामल, दाल, तेल र नुन राहतस्वरूप वितरण गरेको छ । राहत वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य प्रकाश र ठाँटीकाँध गाउँ समिति सदस्य शरदको उपस्थिति रहेको नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दीपेन्द्रले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :