कोरोनाबाट शुक्रबार नेपालमा १२ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा  शुक्रबार १२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार मोरङका २, भक्तपुरका १, मकवानपुरका १,उदयपुरका १, पर्साका १, धनुषाका १, सिराहाका १, झापाका १, चितवनका १, कास्कीका १ र रुपन्देहीका १ गरी १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।
यसैगरी विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८ लाख ३६ हजार ३ सय ३८ पुगेको छ । कोरोनाबाट सवैभन्दा बढि मृत्यु अमेरिकामा भएको छ । त्यहा अहिलेसम्म १ लाख ८४ हजार ८ सय ३४ को मृत्यु भएको छ । यस्तै दोस्रो प्रभावीत देश ब्राजीलमा १ लाख १८ हजार ७ सय २६ को मृत्यु भएको छ भने तेस्रो प्रभावीत भारतमा ६१ हजार ७ सय २५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :