शुल्क उठाउन ताकेता गर्नेलाई कारबाही गर्ने क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल (क्रान्तिकारी) जिल्ला समिति रूपन्देहीले कोरोनाको महामारीमा शैक्षिक संस्थाहरूले नपढाईकनै शुल्क उठाउन ताकेता गरेर अभिभावकलाई मानसिक दबाब दिएकाले रकम उठाउन ताकेता गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

क्रान्तिकारी रूपन्देहीकी कावा अध्यक्ष इन्दु वलीले सोमबार प्रेस विज्ञप्ति जारी गरी जिल्लामा शैक्षिक विकृतिबारे सरोकारवालाहरूसँग निरन्तर छलफल र अन्तरक्रिया हुँदै आएको भन्दै सङ्गठनको नीति र आग्रहलाई परबाह नगरी बुटवलस्थित न्यु होइराजन मावि, दीप बोर्डिङ स्कुल, एभरेस्ट बोर्डिङ स्कुललगायत निजी विद्यालय र त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेज, सामुदायिक विद्यालयहरू कालिका मानवज्ञान मावि, कान्ति मावि, सिद्धार्थ गौतमबुद्धलगायत विद्यालय तथा कलेजहरूले सूचना जारी गरी शुल्क असुल्नु निन्दनीय भएको बताएकी छिन् ।

साथै वलीको विज्ञप्तिमा निजी विद्यालयको यस हर्कतका विरुद्ध सङ्गठन सङ्घर्षमा उत्रिने बताउँदै यसको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने चेतावनीसमेत दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :