असलको घरमा २ वटा पुर्जी टाँसियो


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ को घरमा प्रहरीले पुनः पक्राउ पुर्जी टाँस गरेको छ ।

सल्यानको दार्माकोट गाउँपालिकाको ढाकाढममा रहेको खड्काको घरमा प्रहरीले सोमबार २ वटा छुट्टाछुट्टै मुद्दाका पक्राउ पुर्जी टाँसेको हो ।

केही समयपहिले सल्यानमा रहेको एनसेलको टावरमा आगजनी गरेको र वडा कार्यालयमा आगजनी गरेको भन्दै दुईवटा मुद्दामा पक्राउ पुर्जी टाँस गरिएको रातो खबरलाई प्राप्त पुर्जीसहितको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :