बागलुङमा पहिरोको बितन्डा

काठमाडौं : अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका टुनीबोटमा आज बिहान पाँचवटा घर पुरेको छ । पहिरोमा परेर ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका छन् । पहिरो गएको स्थानमा अहिले पनि उद्धारकार्य चलिरहेको बताइएको छ ।

उता पर्वतको फलेबास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । सिर्सुवाका नवीन विकको घर पुरिँदा उनकी ४ वर्षीया छोरी निकिता विकको मृत्यु भएको हो । परिवारका अन्य सहस्य भने भागेर बाँच्न सफल भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :