नेपालमा आज १,१७० जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३६० पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,१७० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ५५२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ४४०, ललितपुरका २९ र भक्तपुरका ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५५ हजार ३२९ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३६० पुगेको छ । पछिल्लो २४ घन्टामा ८७९ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ३९ हजार ५५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :