अखिल (क्रान्तिकारी)द्वारा काठमाडौँ उपत्यकामा रक्तदान कार्यक्रम

काठमाडौँ :  कोरोना भाइरस संक्रमणका कारण देशै भरी रगत अभाव भएको भन्दै अखिल क्रान्तिकरीले शुरु गरेको रक्तदान कार्यक्रम अन्तर्गत आइतबार काठमाडौँ उपत्यकामा रक्तदान कार्यक्रम गरिएको छ । उपत्यका क्षेत्रीय समन्वय समितिको आयोजनामा गरिएको उक्त कार्यक्रममा क्रान्तिकारीका पदाधिकारी सहित १५ जनाले रक्तदान गरेका छन् । यस अघि क्रान्तिकारीले देशका विभिन्न ठाँउमा रक्तदान कार्यक्रम गर्दै आएको छ । रगतको अभावमा कोही पनि बिरामीको ज्यान नजाओस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको क्रान्तिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :