अब पिरिआर परिक्षणको शुल्क २ हजारमात्र

काठमाडौँ : सरकारले कोरोना भाइरसको परिक्षणका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब देखी देशैभरीका सरकारी तथा नीजि अस्पतालहरुमा २ हजार रुपैयाँमा पिसिआर परिक्षण गर्न सकिने छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए । यस अघि ५५ सयमा हुँदै आएको पिसिआर परिक्षण भदौ २४ देखी ४४ सयमा झारिएको थियो तर आइतबारबाट  भने  २४ सय घटाएर २ हजार कायम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :