नेपालमा आज १,०३९ कोरोना संक्रमित थपिए, १,१७३ जना घर फर्किए

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १,०३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा थप १,१७३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ३८,६९७ पुगेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।  यो योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :